प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध हर्क साम्पाङको संकल्प प्रस्ताव

काठमाडौँ,२५ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रको सार्वभौमिकता तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव पेस गर्नु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले उक्त संकल्प प्रस्ताव प्रस्तुत गर्नु भएको छ। उहाँले जेठ १७ गते बसेको प्रतिनिधिसभाको आकस्मिक बैठकमा प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ।

 

राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रहितविरुद्धको भन्दै संसद्को अभिलेख (रेकर्ड) बाट हटाउनुपर्ने माग समेत गर्नु भएको छ। उहाँले भन्नु भयोे, ‘जेठ १७ गते प्रतिनिधि सभाको आकस्मिक बैठक बसिरहेका बेला प्रधानमन्त्री बालेल्द्र साहले सभामा उठेको प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको भन्ने राष्ट्रविरुद्ध अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउँदैछ ।’ संकल्प प्रस्तावमार्फत उहाँले आगामी दिनमा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरू तथा प्रतिनिधिसभाका सांसदलगायत राष्ट्रहितविपरीत अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न आग्रह गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘नेपाल सरकारको प्रधानमन्त्री मन्त्रीहरू, प्रतिनिधि सभाका सांसदहरू कोही कसैले यस्तो राष्ट्रघाती अभिव्यक्ति दिन नपाउने साथै राष्ट्रिय सार्वभौमता र राष्ट्रिय सवालमा सता पक्ष वा प्रतिपक्ष सबैले दलिए र वर्गीय स्वार्थ तह भन्दा माथि उठेर देशको पक्षमा एकता बद्ध सन्देश दिने संकल्प प्रस्ताव पेस गर्दछु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला