कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको बैठकको तथ्याङ्कअनुसार आफैंले आवेदन दिएका र प्रक्रियाबाट आएका गरी संख्या पाँच लाख प्लस भइसकेको बताउनु भएको छ।

 

पार्टीको १५ औं महाधिवेशनका लागि यसअघि ७ लाख ८ हजार क्रियाशील सदस्यता नवीकरण गरिएको थियो । नवीकरण संख्याको तुलनामा सदस्य घट्नुको कारणबारे स्पष्ट पार्दै थापाले भन्नु भयो, ‘जो साथीहरू अधिवेशनका लागि मात्रै क्रियाशील बन्नुभएको वा बनाइनुभएको थियो, त्यस्ता साथीहरू क्रियाशील सदस्य बनिरहने कुरा नहोस् भन्ने नै हाम्रो चाहना हो । उहाँले यसपटक कसैले अर्को व्यक्तिको सदस्यता बनाइदिने परिपाटी अन्त्य गरिएको र सदस्य बन्न व्यक्ति स्वयं सहभागी हुनुपर्ने नियम अनिवार्य गरिएको बताउनु भयो ।

 

यस प्रक्रियाबाट पार्टीमा ६ देखि साढे ६ लाख वास्तविक क्रियाशील सदस्य अद्यावधिक हुने र यो संख्या आफूहरूले अपेक्षा गरेकै आकार भएको उहाँको भनाइ थियो । सभापति थापाका अनुसार आगामी जेठ २८ गतेभित्र अद्यावधिकको काम सम्पन्न गरी बाँकी प्राविधिक कार्य पूरा गरिनेछ । त्यसपछि महाधिवेशनका अन्य नियमित प्रक्रियाहरू अगाडि बढ्नेछन् । साथै, पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि उपसभापति विश्वप्रकाश शर्माले असन्तुष्ट नेताहरूसँग संवाद गरिरहेको समेत उहाँले जानकारी दिनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु हुनुअघि नै नेपालमा छायो फुटबलको माहोल

काठमाडौं,२६ जेठ । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका

गृहमन्त्री गुरुङ र विज्ञान तथा प्रविधि मन्त्री पुनद्वारा शपथ ग्रहण

काठमाडौं,२६ जेठ । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ ग्रहण गर्नु भएकोे छ ।मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित

जातीय विभेदविरुद्ध ६० लाख दलित एकजुट हुनुपर्नेमा जोड

काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को

बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित

कांग्रेसका ५ लाख बढी सदस्यले गरे सदस्यता अद्यावधिकः सभापति थापा

रौतहट,२६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिनु भएको छ् । चितवनमा सञ्चारकर्मीहरूसँग कुरा

वर्षाका कारण बीपी राजमार्गमा सवारी आवागमन ‘होल्ड’

रामेछाप,२६ जेठ । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको छ । जिल्ला