बुद्ध एयरद्वारा नेपाली सेनालाई विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौं,२६ जेठ । उडान सेवाबाट अवकाश प्राप्त ‘एटीआर–७२’ विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्यांगरमा आयोजित कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुपजंग थापालाई हस्तान्तरण गर्नु भएको छ।

 

उक्त विमानले ७० हजार उडान चक्र (साइकल) पूरा गरेपछि केही महिनाअघि बुद्ध एयरले त्यसलाई नियमित उडान सेवाबाट अवकाश दिएको थियो। हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय हितका विविध जिम्मेवारीमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु बुद्ध एयरका लागि गौरवको विषय भएको बताउनु भएको छ।

 

उहाँले हस्तान्तरण गरिएको फ्युजलेज विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न सुरक्षा चुनौती (थ्रेट) तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमता अभिवृद्धिमा उपयोगी हुने विश्वास व्यक्त गर्नु भएको छ । उहाँका अनुसार उक्त फ्युजलेजलाई नेपाली सेनाले विमानस्थल आपतकालीन योजना(एइपी) अन्तर्गत विभिन्न सतर्कता स्तरका प्रशिक्षण तथा अभ्यासमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ ।

 

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बुद्ध एयरको पहलको प्रशंसा गर्दै फ्युजलेजले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका जोखिम र चुनौती सामना गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भएको छ ।

उहाँले बुद्ध एयरले नागरिक उड्डयन क्षेत्रको सुरक्षा प्रवद्र्धनका लागि प्राधिकरणसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै यसलाई नागरिक उड्डयन तथा सुरक्षा क्षेत्रबीचको उदाहरणीय सहकार्यका रूपमा व्याख्या गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो