कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो : सांसद घतानी

काठमाडौं,२८ जेठ । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले जातीय विभेदका कारण पीडित बनेका नागरिकले न्याय नपाएको र राज्य मौन दर्शक बनेको आरोप लगाउनु भयो।

सांसद घतानीले सत्याग्रहमा बसिरहेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाएर उनका माग सम्बोधन गर्न सरकारसँग माग गर्नु भयो । उहाँले जातीय विभेदविरुद्धका कानुनहरू कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै कागजमा मात्र अधिकार सीमित हुनु राज्यको कमजोरी भएको बताउनु भयो।

उहाँका अनुसार, नागरिक सडकमा सत्याग्रह गर्न बाध्य हुनु र सांसदहरूले बारम्बार सदनमा आवाज उठाउनुपर्ने अवस्था सुशासनको असफलता हो ।

उहाँले भन्नु भयो,‘सम्माननीय प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको देख्नुभयो । तर आफ्नै देशमा नागरिकहरू जातीय विभेदका कारण कोठा नपाएर ५४ दिनदेखि सडकमा सत्याग्रह गरेर बसेको पीडा देख्न सक्नुभएको छैन । सरकारसँग माग गर्छु, अब मौन दर्शक बनेर नबसोस् । सत्याग्रह धर्नामा बसेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाइयोस्, उहाँका माग सम्बोधन होस् र जातीय विभेदविरुद्धको कानुन कडाइका साथ लागू गरियोस्। म चाहन्छु अब यो विषय लिएर सदनमा फेरि उभिन नपरोस् । किनकि नागरिक सडकमा सत्याग्रह गर्ने र सांसद सदनमा बारम्बार आवाज उठाउन बाध्य हुने कुनै सफल शासनको परिचय होइन, यो राज्यको गम्भीर असफलताको परिचय हो । कानुन बनेका छन् तर कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्मदिनमा अनाथ बालबालिकालाई खुसीको उपहारः व्यवसायी न्यौपानेको उदाहरणीय कार्य

दमक,२८ जेठ । आफ्नो जन्मदिनलाई भड्किलो र खर्चिलो तरिकाले मनाउने आधुनिक संस्कार बढिरहेका बेला झापाको कमल गाउँपालिकाका एक व्यवसायीले भने अनाथ बालबालिकाहरूसँग बसेर आत्मीय रूपमा

युवा नेतृत्व र विश्वनागरिकता विकासका लागि झापामा पहिलो पटक SMUN 1.0 आयोजना हुँदै

दमक,जेठ २८ । झापाको कमल गाउँपालिका–५ स्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलले युवा नेतृत्व, कूटनीति तथा विश्वनागरिकताको विकास गर्ने उद्देश्यसहित पहिलो पटक स्मारिका मोडेल युनाइटेड नेसन्स

कागजमा अधिकार र व्यवहारमा विभेद कायम रहनु राज्यको कमजोरी हो : सांसद घतानी

काठमाडौं,२८ जेठ । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो

पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामामा छ डा।महत

काठमाडौं,२८ जेठ । नेपाली कांग्रेसका नेता डा। प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्नुभएको छ । आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित

विश्वकप २०२६ महाकुम्भ सुरु हुँदैः कुन–कुन स्टार खेलाडी देखिने छैनन् ?

काठमाडौं,२८ जेठ । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज मध्यरातिबाट मेक्सिकोमा सुरु हुँदैछ । ४८ टोली, अमेरिका, मेक्सीको र क्यानडाका १६ आयोजक सहर

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको