विश्व नागरिकता र नेतृत्व विकासमा जोड ‘SMUM 1.0’ को पहिलो दिन सम्पन्न

झापा कमल २९ जेठ। दिगो, स्वस्थ र समतापूर्ण भविष्य निर्माणका लागि कूटनीति तथा विश्वव्यापी सहकार्यमार्फत युवाको नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमको पहिलो दिन सम्पन्न भएको छ।

तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन सत्रमा कमल नगरपालिकाकी उपप्रमुख प्रमिला न्यौपाने तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कमल–५ का वडाध्यक्ष लालबहादुर बिष्ट तथा कमल–६ का वडाध्यक्ष नरेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्मारिका सामुदायिक बोर्डिङ स्कुलका विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्य, गायन तथा अन्य सिर्जनात्मक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप आकर्षक र जीवन्त बनाएको थियो।

विद्यालयले विगत १६ वर्षदेखि विद्यार्थीहरूलाई केवल परीक्षामुखी शिक्षामा सीमित नराखी नेतृत्व, अनुसन्धान, सिर्जनशीलता, संवाद, सहकार्य तथा सामाजिक उत्तरदायित्वका सीप विकासमा केन्द्रित विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक गुणराज गिरी ले शिक्षा केवल पुस्तकको ज्ञानमा सीमित नहुने बताउनुभयो। उहाँले शिक्षा दिमागसम्म मात्र नभई व्यवहार र जीवनशैलीमा समेत प्रतिबिम्बित हुनुपर्ने धारणा राख्नुभयो।

“हामीले पढाएको कुरा विद्यार्थीको व्यवहारमा कति परिवर्तन ल्याउन सफल भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ। मानव मूल्य र नैतिकता पढाउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई व्यवहारमा लागू गर्न सक्ने क्षमता विकास गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो।

कार्यक्रम सञ्चालक प्रजल पाठक ले विद्यार्थीहरू भविष्यका नीति निर्माता र नेतृत्वदायी व्यक्तित्व बन्ने उल्लेख गर्दै सहकार्य, सम्मान र जिम्मेवारीबोधसहित अघि बढ्न आग्रह गर्नुभयो।
“आजको संसारलाई केवल बुद्धिमान व्यक्तिहरूको मात्र होइन, सहानुभूतिशील र उत्तरदायी नागरिकहरूको आवश्यकता छ। यस्ता नागरिक यही सभाहलभित्र उपस्थित छन् भन्ने विश्वास मैले गरेको छु,” उहाँले भन्नुभयो।

त्यसैगरी प्रमुख अतिथि उपप्रमुख तिवारीले विद्यार्थीहरूलाई एकताबद्ध भई सकारात्मक परिवर्तनका लागि काम गर्न प्रेरित गर्नुभयो। उहाँले हालै देशले भोगेको सामाजिक तथा राजनीतिक घटनाक्रमबाट सिक्नुपर्ने पाठ रहेको उल्लेख गर्दै एकताको शक्ति सदुपयोग हुनुपर्ने बताउनुभयो।
“विद्यार्थीहरूले उठाएका धेरै आवाज सकारात्मक थिए। तर राम्रो उद्देश्यलाई गलत तरिकाले प्रयोग गर्दा त्यसको परिणाम फरक हुन सक्छ। त्यसैले एकता र नेतृत्व सधैं सकारात्मक परिवर्तनका लागि प्रयोग हुनुपर्छ,” उहाँले भन्नुभयो।

कार्यक्रम आगामी दुई दिनसम्म विभिन्न विषयगत छलफल, बहस तथा नेतृत्व विकाससम्बन्धी गतिविधिसहित सञ्चालन हुने आयोजकले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु