अनुसन्धान जारी

बुच्चाकोट बस दुर्घटना : ६ जना मृतकको सनाखत

रामेछाप,३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ कै ७५ वर्षीय इन्द्रबहादुर तामाङ तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्। त्यसैगरी, दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारी को पनि पहिचान भएको छ। उनी भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार रहेको प्रहरीले जनाएको छ। यस्तै, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमि तामाङ को पनि सनाखत भएको छ। उनको पहिचान श्रीमान निराजन घिसिङ ले गरेका हुन्।

 

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ भने उनीहरूको चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको सनाखत प्रक्रिया जारी रहेको तथा बाँकी दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय

नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको

गृहमन्त्रीको एउटा घोषणाले देश तरंगित, अब खुल्ला त नारायणहिटीको रहस्य?

काठमाण्डौं,३० जेठ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।यसैबीच

सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको

बुच्चाकोट बस दुर्घटना : ६ जना मृतकको सनाखत

रामेछाप,३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको