सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार–व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् । दोलखाको जिरीबाट बात्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु पुग्ने रुट सञ्चालनमा रहेको समयमा बाम्तीभण्डार विदेशी पर्यटकले भरिभराउ हुन्थ्यो । जता हे¥यो त्यतै विदेशी पर्यटक देखिन्थे । होटेलहरू खचाखच भरिन्थे भने कोठा अभाव भएपछि कतिपय पर्यटकले बाहिरै टेन्ट गाडेर बस्ने गर्थे ।

 

तर अहिले अवस्था फेरिएको छ । सोलुखुम्बु जाने अधिकांश पर्यटक रामेछापको मन्थली विमानस्थलबाट जहाज चढेर जाने गरेका छन् । बसमार्फत यात्रा गर्नेहरू पनि सोझै सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुग्न थालेपछि बात्ती हुँदै जाने पुरानो पदमार्ग सुनसान बनेको छ । स्थानीय होटेल व्यवसायी पासाङ तामाङका अनुसार पूर्वाधार विकासका हिसाबले बाम्तीभण्डार पहिलेभन्दा धेरै अगाडि बढेको भएपनि पर्यटन व्यवसाय भने खस्किएको छ । ‘पहिलाभन्दा विकास त धेरै भयो तर पर्यटनतर्फ हेर्ने हो भने निकै कमी आएको छ । अब सोलुसम्म सडक पुगेको छ । यस पटकको पर्यटन सिजन बाहिरी द्वन्द्वका कारण पनि प्रभावित भयो,’ तामाङले भन्नु भयो।

 

उहाँका अनुसार गाउँगाउँमा सडक पुगेपछि उपभोग्य सामग्री पनि स्थानीय तहमै उपलब्ध हुन थालेको छ । विगतमा किनमेलका लागि बात्ती बजार आउने ग्रामीण उपभोक्ता अहिले आफ्नै गाउँमा आवश्यक सामान पाउन थालेपछि बजारको कारोबारसमेत घटेको छ । त्यसको प्रत्यक्ष असर होटेल, पसल तथा अन्य साना व्यवसायमा परेको छ । स्थानीयका अनुसार बाम्तीभण्डार बजारलाई पुनः चलायमान बनाउन पर्यटनसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ । देउरालीदेखि बाम्तीभण्डारसम्मको सडक कालोपत्रे गर्न सके र बात्ती अस्पताललाई थप व्यवस्थित तथा सुविधा सम्पन्न बनाउन सके यस क्षेत्रको आकर्षण बढ्न सक्ने उनीहरूको विश्वास छ । ‘बाम्तीलाई शिक्षा र स्वास्थ्यको हबका रूपमा विकास गर्न सकियो भने आन्तरिक पर्यटक र सेवाग्राहीको आवागमन बढ्छ, जसले बजारलाई फेरि चलायमान बनाउन सक्छ,’ तामाङले बताउनु भयो।

 

एक समय खुम्बु क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित बाम्तीभण्डार अहिले विकासको नयाँ मोडमा उभिएको छ । पूर्वाधार विस्तारले सुविधा त बढाएको छ, तर त्यसले पुरानो व्यापारिक र पर्यटन गतिविधिलाई विस्थापित गरेको यथार्थलाई पनि उजागर गरेको छ । अब बाम्तीको भविष्य कुन दिशामा मोडिने भन्ने प्रश्न स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायको साझा प्रयासमा निर्भर रहने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय

नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको

गृहमन्त्रीको एउटा घोषणाले देश तरंगित, अब खुल्ला त नारायणहिटीको रहस्य?

काठमाण्डौं,३० जेठ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।यसैबीच

सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको

बुच्चाकोट बस दुर्घटना : ६ जना मृतकको सनाखत

रामेछाप,३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको