नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो ।जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १०औँ परियोजना निर्देशक समिति (पीएससी)र ८ औँ संयुक्त कार्यदल (जेडब्लूजी) को बैठक परियोजनाबारे बृहत छलफल भएको हो ।बैठकमा जनकपुर–अयोध्या खण्डमा यात्रु रेल सेवा सुरु गर्नका लागि सञ्चालन प्रक्रियाहरू रक्सौल–काठमाडौँ ब्रोडगेज रेलवे लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलवे लिंकको लागि प्राविधिक सहयोग, र थप रेलवे लिंकहरू पनि छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ।

 

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव रोहित रथीशले गर्नु भएको थियो । साथै रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझाले पनि विशेष भूमिका निर्वाह गर्नु भएको थियो ।दुवै बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले गर्नु भएको थियो। नेपाली पक्षले रेलवे लाइनका बाँकी खण्डहरूमा काम चाँडै सुरु गर्न र सम्पन्न गर्न आवश्यक सहजीकरण प्रदान गरिने आश्वासन दिएको छ। (एएनआई)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय

नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको

गृहमन्त्रीको एउटा घोषणाले देश तरंगित, अब खुल्ला त नारायणहिटीको रहस्य?

काठमाण्डौं,३० जेठ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।यसैबीच

सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको

बुच्चाकोट बस दुर्घटना : ६ जना मृतकको सनाखत

रामेछाप,३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको