अनुसन्धान जारी

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा रहेको इङ्गल्याण्डको पूर्वअभ्यास क्याम्पबाट स्वोप सकर भिलेजमा उपकरणहरू ढुवानी गर्ने क्रममा भएको थियो । जहाँ शनिबार क्यान्सास सिटीमा प्रशिक्षणको लागि टोली आइपुग्नु अघि सेटअप पूरा गर्ने उद्देश्य राखिएको थियो । तर धुवानी गरिरहेको गाडीमा तोडफोड भएपछि उपकरण पनि चोरी भएको जनाइएको छ ।

 

अधिकारीहरूले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्। ‘हामी आज साँझ हराएको सामानहरू सहित क्यान्सास सिटी आइपुगेको टोलीको गाडीबाट उपकरणहरूको सम्भावित चोरीको अनुसन्धान गरिरहेका छौं,’ रोयटर्सले उद्धृत गरेको प्रहरीले जनाएको छ। ‘अनुसन्धान जारी छ। थप अनुसन्धानको लागि दुई जनालाई हिरासतमा लिइएको छ,’ रोयटर्सले उद्धृत गरेको बेलायती मिडियाका अननुसार चोरी भएको विश्वास गरिएका वस्तुहरूमध्ये बल र बुटहरू पनि थिए।

 

इङ्गल्याण्डले फिफा विश्वकप २०२६ को समूह एल मा प्रतिस्पर्धा गर्दैछ । जहाँ क्रोएसिया, घाना र पानामा छन् । थोमस टुचेलको टोलीले कप्तान ह्यारी केनको नेतृत्वमा २६ सदस्यीय टोली प्रतियोगिताका लागि तयारी गरिरहेको छ । (एएनआइ)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वकप सुरु नहुँदै बेलायती टोलीलाई झट्काः खेल सामाग्री नै चोरी!

एजेन्सी,३० जेठ । फिफा विश्वकपको गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । घटना फ्लोरिडामा

घुन लागेको दाल र फुटेको अण्डा खुवाउने क्यान्टिनलाई जरिवाना

काठमाडौं,३० जेठ । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय

नेपाल–भारत सीमापार रेल्वे थप्नेबारे काठमाडौँमा उच्चस्तरीय छलफल

काठमाडौं,३० जेठ । नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ । भारतीय दूताबाससका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको

गृहमन्त्रीको एउटा घोषणाले देश तरंगित, अब खुल्ला त नारायणहिटीको रहस्य?

काठमाण्डौं,३० जेठ।नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंश नाश भएको उक्त घटना आजसम्म पनि रहस्यमय बनेर बसेको छ ।यसैबीच

सोलु जाने बाटो फेरिँदा सुनसान बन्यो ऐतिहासिक बाम्तीभण्डार

रामेछाप,३० जेठ । कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको

बुच्चाकोट बस दुर्घटना : ६ जना मृतकको सनाखत

रामेछाप,३० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको