दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि इतिहासकै महत्वपूर्ण र सहभागितामूलक प्रक्रिया सुरु गरेको छ।
मिति २०८३ साल जेठ २७ गते बुधबारका दिन नगरपालिकाले एक विशेष सूचना जारी गर्दै आर्थिक वर्ष २०८३÷०८४ को आयोजना तथा कार्यक्रम छनौटका लागि स्पष्ट बजेट सिलिङ तथा मार्गदर्शन सबै वडाहरूमा पठाइएको जानकारी गराएको छ।
नगरपालिकाले आफ्नो विकास निर्माण प्रक्रियामा नगरबासीहरू, टोल विकास संस्थाहरू, बालबालिका तथा सरोकारवालाहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउने र उनीहरूमा विकासप्रति अपनत्वको भावना जागृत गराउने उद्देश्य राखेको छ। ’टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, २०८२’ मा भएको व्यवस्था बमोजिम नगरपालिकाको बजेट निर्माण प्रक्रियामा सम्पूर्ण टोल विकास संस्थाहरूलाई सक्रिय रूपमा सहभागी गराउने निर्णय नगरपालिकाले गरेको छ। तसर्थ, आफ्ना क्षेत्रका टोल भेला तथा वडा भेलाहरूमा उत्साहपूर्वक सहभागी भई आफ्नो अमूल्य सुझाव तथा सल्लाह प्रदान गर्न नगरपालिकाले सम्पूर्ण नगरबासीमा हार्दिक अनुरोध गरेको छ।
यस पटक बजेट विनियोजन र योजना छनौटलाई व्यवस्थित बनाउन नगरपालिकाले देहाय अनुसारका मुख्य ३ वटा नीतिगत मार्गदर्शन तय गरेको छः
१. नगरस्तरीय आयोजना छनौट गर्दा प्रत्येक वडाबाट ३० लाखका दरले कम्तिमा २ वटा योजना छनौट गर्नु पर्नेछ।
२. साविकमा ३ वटा वडा गाभिएर हाल १ वटा वडा भएका वडाहरू (विशेष गरी वडा नं. २, ३, ४ र १०) का लागि जनसंख्या र सेवा प्रवाहको चाप समेतलाई विशेष ध्यानमा राखी २५ लाखको कम्तिमा १ वटा योजना थप छनौट गर्नु पर्नेछ।
३. नगर स्तरीय योजना (३० लाख र २५ लाख) लाई टुक्रे योजना बनाई, खण्डीकरण पटक–पटक गरी एकिकृत रूपमा गर्न÷गराउन पाइने छैन।
वडागत बजेट विनियोजन गर्दा समग्र विकासलाई समेट्ने गरी निम्न क्षेत्रगत प्रतिशत निर्धारण गरिएको छः
पूर्वाधारः ६५%
आर्थिक विकास तथा स्वरोजगार प्रवद्र्धनः १०%
सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधारः १५%
वातावरण तथा विपद व्यवस्थापनः ५%
मर्मत सुधारः ५%
नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार वडा नं. १ देखि १० सम्मको बजेट बाँडफाँड यस प्रकार रहेको छः
वडा नं. १ः
पूर्वाधार (६५%) मा रु. १०१२६८०९.६९, आर्थिक विकास (१०%) मा रु. १५५७९७०.७२, मर्मत सम्भार (५%) मा रु. ७७८९८५.४, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ७७८९८५.४ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २३३६९५६.१ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,५५,७९,७०७.२२ रहेको छ।
वडा नं. २ः
पूर्वाधार (६५%) मा रु. ११५३२८२५.२३, आर्थिक विकास (१०%) मा रु. १७७४२८०.८०, मर्मत सम्भार (५%) मा रु. ८८७१४०.४, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ८८७१४०.४ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २६६१४२१.२ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,७७,४२,८०८.०४ रहेको छ।
वडा नं. ३ः
पूर्वाधार (६५%) मा रु. १४३३४६७१.३४, आर्थिक विकास (१०%) मा रु. २२०५३३४.०५, मर्मत सम्भार (५%) मा रु. ११०२६६७, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ११०२६६७ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. ३३०८००१.१ बजेट छुट्याउँदा जम्मा बजेट रु. २,२०,५३,३४०.५३ रहेको छ।
वडा नं. ४ः
पूर्वाधार (६५%) मा रु. १११२४७९१.७९, आर्थिक विकास (१०%) मा रु. १७११५०६.४३, मर्मत सम्भार (५%) मा रु. ८५५७५३.२, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ८५५७५३.२ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २५६७२५९.६ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,७१,१५,०६४.३० रहेको छ।
वडा नं. ५ः
पूर्वाधार (६५%) मा रु. १०००४२५८.६५, आर्थिक विकास (१०%) मा रु. १५३९११६.७२, मर्मत सम्भार (५%) मा रु. ७६९५५८.४, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ७६९५५८.४ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २३०८६७५.१ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,५३,९१,१६७.१५ रहेको छ।
वडा नं. ६ः
पूर्वाधार (६५%) मा रु. ८१९८३५१.६३, आर्थिक विकास (१०%) मा रु. १२६१२८४.८७, मर्मत सम्भार (५%) मा रु. ६३०६४२.४, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ६३०६४२.४ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. १८९१९२७.३ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,२६,१२,८४८.६६ रहेको छ।
वडा नं. ७ः
पूर्वाधार (६५%) मा रु. ८००१८७४.०४, आर्थिक विकास (१०%) मा रु. १२३१०५७.५५, मर्मत सम्भार (५%) मा रु. ६१५५२८.८, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ६१५५२८.८ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. १८४६५८६.३ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,२३,१०,५७५.४५ रहेको छ।
वडा नं. ८ः
पूर्वाधार (६५%) मा रु. ८७८९०६४.२७, आर्थिक विकास (१०%) मा रु. १३५२१६३.७३, मर्मत सम्भार (५%) मा रु. ६७६०८१.९, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ६७६०८१.९ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २०२८२४५.६ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,३५,२१,६३७.३४ रहेको छ।
वडा नं. ९ः
पूर्वाधार (६५%) मा रु. ११९३४२८५.८०, आर्थिक विकास (१०%) मा रु. १८३६०४३.९७, मर्मत सम्भार (५%) मा रु. ९१८०२२, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ९१८०२२ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २७५४०६६ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,८३,६०,४३९.६९ रहेको छ।
वडा नं. १०ः
पूर्वाधार (६५%) मा रु. ९९५३०६७.५६, आर्थिक विकास (१०%) मा रु. १५३१२४१.१६, मर्मत सम्भार (५%) मा रु. ७६५६२०.६, वातावरण तथा विपद व्यवस्थापन (५%) मा रु. ७६५६२०.६ र सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार (१५%) मा रु. २२९६८६१.७ बजेट छुट्याउँदा जम्मा बजेट रु. १,५३,१२,४११.६३ रहेको छ।
दमक नगरपालिकाका सम्पूर्ण वडाहरू (१ देखि १० सम्म) का लागि छुट्याइएको जम्मा बजेटको क्षेत्रगत कुल योगफल यस प्रकार रहेको छः
कुल पूर्वाधार बजेट (६५%): जम्मा रु. १०,४०,००,०००.०० (दश करोड चालिस लाख)
कुल आर्थिक विकास बजेट (१०%): जम्मा रु. १,६०,००,०००.०० (एक करोड साठी लाख)
कुल मर्मत सम्भार बजेट (५%): जम्मा रु. ८०,००,००० (असी लाख)
कुल वातावरण तथा विपद व्यवस्थापन बजेट (५%): जम्मा रु. ८०,००,००० (असी लाख)
कुल सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधार बजेट (१५%): जम्मा रु. २,४०,००,००० (दुई करोड चालिस लाख)
यसप्रकार दमक नगरपालिकाका वडा नं. १ देखि १० सम्मका सबै वडाहरूमा विनियोजन गरिएको जम्मा कुल बजेट रु. १६,००,००,०००.०० (सोरह करोड रहेको छ।
दमक नगरपालिकाले अघि सारेको यो सुदृढ बजेट सिलिङ र पारदर्शी योजना निर्माण प्रकृयाले नगरको चौतर्फी विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। आफ्ना टोल र वडाका आवश्यकता पहिचान गरी यो ऐतिहासिक बजेट निर्माणमा सहभागी हुन सम्पूर्ण दमकबासीमा नगरले पुनः हार्दिक आह्वान गरेको छ।







