अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता (आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भन्नु भएको छ ।

 

ट्रम्पले इरानमा अब आणविक हतियार चाहिँदैन भनेर पनि दाबी गर्नु भएको छ। उहाँले उपयुक्त समयमा युरेनियम हटाउन संयुक्त राज्य अमेरिकाले इरानसँग काम गर्ने सुझाव दिनु भएको छ । उहाँले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताउनु भएको छ । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्रिया छिटो, सजिलै र सहज रूपमा अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

 

पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले पनि शनिबार अमेरिका–इरान सम्झौताको इलेक्ट्रोनिक हस्ताक्षर समारोह आइतबार हुने तय गरिएको बताउनु भएको छ। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पनि संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको ढाँचामा सहमत भएका छन् र चाँडै नै यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको उल्लेख गर्नु भएको छ । पाकिस्तानले अमेरिका–इरान शान्ति वार्तामा मध्यस्थता गरिरहेको छ ।

 

यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बखाईले आइतबार इरान र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्व अन्त्य गर्न समझदारी पत्र (एमओय) मा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको खबरहरु आएका छन् । बखाईले इरान र संयुक्त राज्य अमेरिका बीचको कुनै पनि सम्भावित एमओयू वार्ता जारी राख्नको लागि एक रूपरेखाको रूपमा काम गर्ने तर अन्तिम सम्झौता मान्न नसकिने जिकिर गर्नु भएको छ ।(सीसीटीभीप्लस)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका जनप्रतिनिधिको ४ वर्ष चुनावी वाचा, कति भए पूरा?

दमक,३१ जेठ।स्थानीय तहको निर्वाचन भएको चार वर्ष पूरा भई पाँचौँ वर्ष अर्थात(अन्तिम वर्ष) सुरु भइ सकेको छ। ’सिंहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नाराका साथ निर्वाचित हुनुभएका

काठमाडौँलाई ’खुला सङ्ग्रहालय’ बनाइने

काठमाडौं,३१ जेठ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रममार्फत काठमाडौंलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गर्ने योजना

कैलालीमा वन कर्मचारीद्वारा गुड्ने टेम्पो भीरमा खसालियो कि आफैं खस्यो?

कैलाली,३१ जेठ । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ । भीमदत्त राजमार्गअन्तर्गत गोदावरी

“खेल क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामाः मुख्यमन्त्री कार्की“

विराटनगर,३१ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । राष्ट्रपति रनिङ

टर्किएलाई हराएर अष्ट्रेलिया समूह ’डी’ को दोस्रो स्थानमा

काठमाडौं,३१ जेठ । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ । आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित

भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका