“खेल क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामाः मुख्यमन्त्री कार्की“

विराटनगर,३१ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीको सम्मानका लागि मुख्यमन्त्री निवासमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा लागेका कुनै पनि खेलाडी निराश नहुने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । विद्यालय उमेरका किशोर–किशोरीलाई खेलकुदतर्फ आकर्षित गर्न पुरस्कार तथा सम्मानका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

 

मुख्यमन्त्री कार्कीले भन्नु भयो, ‘हामी प्रदेशमा खेल क्षेत्रलाई अत्यन्तै प्राथमिकताका साथ अघि बढाउनेछौँ ।’ गत जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले स्वर्ण, रजत र कांस्य गरी कुल २८ पदक जित्न सफल भएका थिए । प्रतियोगितामा चार खेलाडीले स्वर्ण पदक समेत जितेका छन् ।

 

खेलाडीहरूको हौसला अभिवृद्धिका लागि कोशी प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई १ लाख रुपैयाँ, रजत पदक विजेतालाई ७५ हजार रुपैयाँ, कांस्य पदक विजेतालाई ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ । साथै प्रशिक्षकलाई १५ हजार रुपैयाँ र व्यवस्थापकलाई १० हजार रुपैयाँसहित सम्मान गरिने कार्यक्रम रहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको