सडक मर्मत नभएपछि सुन्दरहरैंचाका स्थानीयद्वारा सडकमै धान रोपाइँ

मोरङ,२ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले वर्षौंदेखि जीर्ण र हिलाम्मे बनेको सडकप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन मंगलबार सडकमै धान रोपेर विरोध जनाएका छन् । वर्षाको समयमा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांकेतिक विरोधस्वरूप सडकलाई नै खेत बनाएर रोपाइँ गरेका हुन् ।

 

स्थानीय विजय ओझाले टोलको मुख्य सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि वडा कार्यालयमा मौखिक तथा लिखित रूपमा पटक–पटक अनुरोध गर्दा कुनै पहल नभएको बताउनु भयो । उहाँका अनुसार सडकमा हिँडडुल गर्नसमेत कठिन हुने अवस्था छ । स्थानीयवासीले सडकमा सामान्य मर्मत गरी केही मिसगिटी हालिदिए पनि तत्काल राहत पुग्ने बताउँदै आएका छन् । तर सम्बन्धित निकायबाट कुनै प्रभावकारी कदम नचालिएपछि सडकमै रोपाइँ गरेर असन्तुष्टि व्यक्त गर्नुपरेको उनीहरूको भनाइ छ ।

 

स्थानीय खेमकुमारी गौतमले आन्दोलन कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकले भोगिरहेको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले गरिएको बताउनु भएको छ । स्थानीयवासीले सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न वडा कार्यालय र नगरपालिकासँग माग गरेका छन् । उनीहरूले समयमै समस्या समाधान नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

खासमा दही–चिउराको स्वास्थ्य फाईदा के ? जनस्वास्थ्यविद डा।उप्रेती के भन्नु हुन्छ, जान्नुहोस्

काठमाडौं,१५ असार । असार १५ अर्थात् दही–चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको विशेष अवसर हो । धान रोपाइँको व्यस्त मौसममा शरीरलाई आवश्यक

राष्ट्रपतिद्धारा सम्पूर्ण कृषकहरुलाई शुभकामना प्रदान

काठमाडौं १५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको छ । सोमबार

कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१५ असार । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त