पुर्न स्थापना माग गर्दै कोहलपुरका विस्थापित सडकमा

बाँके,२ असार । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । घर भत्काइएको एक महिना बितिसक्दा पनि राज्यले स्थायी बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न कुनै ठोस पहल नगरेको भन्दै प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन सुरु गरेका हुन् ।

 

प्रभावित परिवारहरूले कोहलपुरमा प्रदर्शन गर्दै आफूहरूको पुनस्र्थापनाको सुनिश्चित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार डोजर चलाउनुअघि वैकल्पिक बसोबासको व्यवस्था नगरी गरिएको कारबाहीका कारण सयौँ परिवार अहिले कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य छन् । विशेषगरी बालबालिकाको पढाइ, स्वास्थ्य सेवा र दैनिक जीविकोपार्जनमा गम्भीर असर परेको उनीहरूको गुनासो छ ।

 

संघर्ष समितिका संयोजक वीरबहादुर परियारले व्यवस्थापनबिनै बस्ती हटाइएकाले प्रभावित परिवार अन्यायमा परेको बताउनु भयो । उहाँका अनुसार विस्थापित भएका ७५१ घरपरिवारमध्ये हाल ११५ परिवार मात्रै होल्डिङ सेन्टरमा बसिरहेका छन् भने अधिकांश परिवार बाध्य भएर भाडाका कोठामा आश्रय लिन पुगेका छन् ।

 

‘होल्डिङ सेन्टर अघोषित कारागारजस्तै बनेको छ । त्यहाँ आधारभूत सुविधाको समेत अभाव छ । स्थायी बसोबासको व्यवस्था नभएसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ,’ उहाँले भन्नु भयो।‘भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्ती माथि भएको डोजर आतंकविरुद्ध संघर्ष कार्यक्रम’ लेखिएको ब्यानर बोकेर प्रभावित परिवारहरूले नाराजुलुस समेत निकालेका थिए । उनीहरूले बिनाविकल्प डोजर चलाउने कार्य बन्द गर्न, भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न तथा विस्थापित परिवारको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।

 

प्रदर्शनकारीहरू भत्काइएको बस्ती क्षेत्रबाट साझा चोक हुँदै कोहलपुर चौराहासम्म पुगेका थिए । गत वैशाख २६ र २७ गते कोहलपुर नगरपालिकाले नगर विकास समितिको स्वामित्वमा रहेको करिब ३६ बिघा क्षेत्रफलमा बनेका १४८ वटा घरटहरा हटाएको थियो । त्यसपछि नगरपालिकाले अस्थायी बसोबासका लागि १६ स्थानमा होल्डिङ सेन्टर स्थापना गरे पनि हाल तीनवटा केन्द्रमा मात्रै प्रभावित परिवारहरू बसोबास गर्दै आएका छन् ।नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार हाल तीनवटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना नागरिक आश्रित छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिद्धारा सम्पूर्ण कृषकहरुलाई शुभकामना प्रदान

काठमाडौं १५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको छ । सोमबार

कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१५ असार । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले