विश्वकप फुटबल निःशुल्क प्रसारण गर्न सांसद हमालको माग

काठमाडौं,२ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताउनु भएको छ।

 

उहाँले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताउनु भयो। सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गर्नु भएको छ।

 

‘विश्वकपमा अहिले सबैको चासो छ । मेरो पनि चासो छ ,तर हेर्न ९९९ सय तिर्नुपर्छ जुन सबैको पहुँचमा छैन्,’ उहाँले भन्नु भयो,‘अब त पुग्यो होला नि । कमसेकम आम्दानी उठिसक्यो होला। त्यसैले सभामुखमार्फत माग गर्छु । नेपाल सरकारले आफ्नो टेलिभिजन मार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरुलाई पनि यो कुरा सुनिदिनको लागि आग्रह गर्दछु ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिद्धारा सम्पूर्ण कृषकहरुलाई शुभकामना प्रदान

काठमाडौं १५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भएको छ । सोमबार

कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,१५ असार । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले