राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

काठमाडौं,२ असार । पूर्वसञ्चारमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदिश खरेलले ललितपुरका विभिन्न क्षेत्रका बासिन्दा संविधानले सुनिश्चित गरेको सम्पत्तिको मौलिक हक प्रयोग गर्नबाट वञ्चित भएको बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले संविधानको धारा २५ ले सम्पत्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको भए पनि ललितपुर क्षेत्र नम्बर २ अन्तर्गत ग्वार्को, लुभु, लामाटार, लाकुरीभञ्ज्याङदेखि दाहालटारसम्मको सडक क्षेत्रका नागरिकहरू उक्त अधिकारबाट वञ्चित भएको बताउनु भयो।

उहाँका अनुसार उक्त ४५ किलोमिटर लामो सडकलाई राष्ट्रिय राजमार्गको ‘एनएच–१५’ मापदण्डभित्र समेटिएपछि सडक आसपासका जग्गाधनीहरू समस्यामा परेका छन्।

‘नागरिकहरूले आफ्नै मेहनतले जग्गा किने, घर बनाए । तर अहिले ती घर बैंकमा धितो राख्न सकिँदैन, किनबेच गर्न सकिँदैन। यसले जनतामा व्यापक असन्तुष्टि र आन्दोलनको अवस्था सिर्जना गरेको छ,’ उहाँले भन्नु भयोे।

खरेलले २०७६ सालमा लागू गरिएको उक्त मापदण्ड आउनुअघि नै त्यस क्षेत्रमा हजारौँ परिवार बसोबास गर्दै आएको, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बस्तीहरू विकास भइसकेको स्मरण गराउनु भयो। उहाँले लुभुजस्ता ऐतिहासिक सहरसमेत उक्त मापदण्डका कारण प्रभावित भएको बताउनु भएको छ।

‘राजमार्गको अवधारणा अन्तरप्रदेशीय वा अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिनुपर्ने हो। तर यहाँ पुराना बस्तीहरूलाई नै संकटमा पार्ने गरी मापदण्ड लागू गरिएको छ,’ उहाँले भन्नु भयो ।

उहाँले वर्तमान अवस्थामा बस्ती नै विस्थापित हुने खतरा उत्पन्न भएको उल्लेख गर्दै सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभयो । ‘यो ४५ किलोमिटर सडकलाई राष्ट्रिय राजमार्गको मापदण्डमा राख्न आवश्यक छैन। त्यसैले सरकारले तत्काल मन्त्रिपरिषद्बाट निर्णय पुनरावलोकन गरी फिर्ता लिनुपर्छ,’ उहाँले माग गर्नु भयोे।

सांसद खरेलले जनताको सम्पत्ति अधिकार, बसोबासको अधिकार र स्थानीय बस्तीहरूको संरक्षणलाई ध्यानमा राख्दै समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

साथीको विश्वासदेखि अपहरणसम्म : किशोर अपहरण प्रकरणले दिएको गम्भीर सन्देश

चितवन ,३ असार । चितवनका १६ वर्षीय किशोर रिशव गुप्ताको अपहरण र १८ घण्टामै भएको सकुशल उद्धारले समाजमा बढ्दै गएको अपराधको नयाँ स्वरूप उजागर गरेको

झापा प्रहरीको ’स्वीप अपरेसन’: २ दिनमा ९२ जना पक्राउ

झापा,३ असार ।जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो शाखा

ओझेलमा परेको दलित इतिहास ब्युँताउँदै कालीकोटको ’लुहारेकोट’: पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

कालीकोट, ३ असार । कर्णाली प्रदेशको विकट मानिने कालीकोट जिल्लामा दलित समुदायको गौरवशाली र ऐतिहासिक पृष्ठभूमि बोकेको ’लुहारेकोट’ बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकसित हुन थालेको

रोजगारी सिर्जना र प्रवद्र्धन साझा उद्देश्य रहेको श्रममन्त्री यादवको धारणा

काठमाडौं,३ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन

मन्त्री यादवको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

काठमाडौं,३ असार । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।