कानुन मन्त्रालयको बजेट न्यून भएको भन्दै सांसद मल्लको असन्तुष्टि

काठमाडौं,२ असार । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजित बजेट मन्त्रालयको जिम्मेवारी र महत्वको तुलनामा अत्यन्तै न्यून रहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेट माथिको छलफलमा भाग लिँदै उहाँले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नागरिकलाई न्यायको पहुँचमा पु¥याउने, विधिको शासन सुदृढ गर्ने, सरकार र संसदबीच समन्वय कायम गर्ने, संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने तथा विपन्न र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको बताउनु भयो।

 

उहाँले यति धेरै संवेदनशील र जिम्मेवार भूमिका रहेको मन्त्रालयलाई सरकारले पर्याप्त बजेट नदिएको आरोप लगाउनु भयो। ‘कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अत्यन्त महत्वपूर्ण मन्त्रालय हो । तर यस्तो मन्त्रालयका लागि जम्मा ५८ करोड ४९ लाख रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ। मलाई लाग्छ सरकारले मन्त्रालयको महत्व बुझेन, विषयको महत्व बुझेन, वा सायद धेरै नै बुझ्यो होला,’ उहाँले व्यंग्यात्मक शैलीमा भन्नु भयो।

 

सांसद मल्लले विशेषगरी न्यायको पहुँचबाट वञ्चित नागरिकका लागि छुट्याइएको बजेटप्रति आपत्ति जनाउनु भयो । उहाँका अनुसार विपन्न नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउन सरकारले जम्मा ११ लाख ९७ हजार रुपैयाँ मात्र विनियोजन गरेको छ, जुन अत्यन्त न्यून र नगन्य रकम भएको उहाँको भनाइ थियो। ‘हाम्रो देशमा अझै पनि धेरै नागरिक न्याय र कानुनको पहुँचभन्दा बाहिर छन् । उनीहरूका लागि छुट्याइएको रकम यति कम हुनु दुःखद् विषय हो। यस्तो बजेटले न्यायमा समान पहुँच सुनिश्चित गर्न सक्दैन,’ उहाँले बताउनु भएको छ।

 

सांसद मल्लले न्याय क्षेत्रको सुदृढीकरण, कानुनी सहायता विस्तार तथा विधिको शासनलाई प्रभावकारी बनाउन मन्त्रालयलाई पर्याप्त स्रोत–साधन उपलब्ध गराउन सरकारलाई आग्रह गर्नु भयो। उहाँका अनुसार न्याय प्रणालीलाई बलियो बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्न नसकेको स्पष्ट देखिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार