सरकारको बजेटप्रति एमाले सांसद महरको तीव्र असन्तुष्टि

काठमाडौं,२ असार । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताउनु भएको छ ।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताउनु भएको छ।

 

उहाँले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताउनु भएको छ । उहाँले भन्नु भयो,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थियो तर विडम्बना त्यस्तो हुन सकेन । विद्वान अर्थमन्त्री टिभीमा देख्दा, बिगतमा वक्तव्यहरु सुन्दा केही गर्नुहुन्छ भन्ने लागेको थियो । तर जब बजेट सदनमा प्रस्तुत गर्नुभयो त्यसको सार चित्तबुझ्दो लागेन । बजेटमा समेटीएका विषयवस्तुभन्दा पनि अर्थमन्त्रीज्यूको एटिट्युडले हामीलाई गम्भीर बनायो । जुन प्रकारको विद्वानमा हुनुपर्ने स्वभाव शैली छ त्यो उहाँमा देखिएन ।’

 

सांसद महरले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक शैलीमा प्रस्तुत भएको आरोप लगाउँदै उहाँले त्यस्तो व्यवहारले अर्थमन्त्रीको विद्वतामाथि नै प्रश्न खडा गरेको बताउनु भएको छ। उहाँका अनुसार बजेटले दूरदराजका क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित र पछाडि पारिएका वर्गका आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेटलाई गैरजिम्मेवारको संज्ञा दिनु भयो ।

उहाँले भन्नु भयो,‘उहाँ प्रतिपक्षलाई हेप्ने र अपमान गर्ने तरिकाले प्रस्तुत हुनुभयो । त्यसले उहाँको विद्वतामाथि गम्भीर प्रश्न गरेको छ । बजेटले दुूरदराज देखेन । यसले गरिब तथा विपन्न समुदाय, महिला बालबालिका दलित देखेन । एक प्रकारले भन्ने हो भने बजेट गैरजिम्मेवार, हावादारी र भरिएको जस्तो बजेट ल्याउनु भयो । त्यसले दुःखी बनाउनुभयो । जनमतको घोर अपमान गर्नुभयो । म यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु अर्थमन्त्रीज्यूको ।’ उहाँले बजेट विभेदकारी भएको पनि टिप्पणी गर्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार