’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटलाई सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, विज्ञान तथा प्रविधि, निजी क्षेत्रको प्रवद्र्धन, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र नीतिगत सुधारमार्फत अर्थतन्त्रलाई नयाँ दिशा दिने रोडम्यापका रुपमा मान्न सकिने बताउनु भएको हो।

 

उहाँले भन्नु भयो, ‘अर्थमन्त्रीबाट प्रस्तुत युगको बजेटमा सुशासन, भ्रष्टाचारमुक्त, शून्य सहनसिलता, विज्ञान प्रविधि, निजी क्षेत्र, कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्यमा जनताको भरोसा तथा नीति गत सुधारको अर्थतन्त्र मोड्ने नयाँ रोड्म्यप मान्नुपर्छ । यदि यो बजेट पूर्ण रूपमा कार्यान्वयन भयो भने ऐतिहासिक दस्ताबेज समेत बन्नेछ ।’ आन्तरिक सुरक्षा सम्बन्धी कार्य चुनौतीपूर्ण, जटिल र संवेदनशील हुने बताउदै उहाँले उल्लेख गर्दै ती कार्यहरू कानुनी परिधिभित्र रहेर सञ्चालन गरिनुपर्ने बताउनु भयो ।

 

‘देशको आन्तरिक सुरक्षा सम्बन्धी कार्य चुनौती पूर्ण जटिल र कठिन हुने गर्दछ । यस्तो कार्यहरू देशको कानुनको परिधिभित्र रहेर सञ्चालन गरिन्छ । आन्तरिक सुरक्षाका चुनौतीहरु साइबर क्राइम, एआईको दुरुपयोग, कमिनल राइड्स, लागुऔषध र चेलीबेटी बेचबिखन जस्ता चुनौतीहरुले नयाँ जटिल थपेको छ,’ उहाँले भन्नु भयो। उहाँले साइबर अपराध, कृत्रिम बुद्धिमत्ताको दुरुपयोग, साम्प्रदायिक द्वन्द्व, लागूऔषध कारोबार तथा मानव बेचबिखन जस्ता चुनौतीले सुरक्षा क्षेत्रमा थप जटिलता थपेको बताउनु भयो।

 

उहाँका अनुसार यी चुनौतीहरूको सामना गर्न गृह प्रशासनले प्रहरी संगठनको आधुनिकीकरण, प्रविधिमैत्री पूर्वाधार विकास तथा नयाँ सुरक्षा रणनीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको छ । उहाँले भन्नु भयो, ‘परिस्थतिलाई व्यवस्थित गर्न गृह प्रशासनले प्रहरीलाई आधुनिकीकरण र प्रविधियुक्त पूर्वाधारको व्यवस्थापन र नयाँ सुरक्षाको थप रणनीति आवश्यक छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार