शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औँल्याउनु भएको हो ।

हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

मंगलबार ललितपुरमा आयोजित भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’का मुख्य वक्ताका रूपमा श्रेष्ठले सरकारले नीति बनाएर लगानी भित्र्याउन सक्ने बताउनु भएको हो  ।

‘संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउने हो भने यहाँ एजुकेसन हब बनाउने प्रचुर सम्भावना छ । गुणस्तर नहुँदा अहिले निजीमा विद्यार्थी आकर्षित छन्, तर प्राईभेटलाई हौसला दिँदै सरकारी स्कुललाई पनि बलियो बनाउनुपर्छ । अब बन्ने ऐन लगानीमैत्री र प्राइभेटमैत्री हुन जरुरी छ, नेपाललाई किन साउथ एसियाको हब नबनाउने ?,’ उहाँले भन्नु भयो ।

श्रेष्ठका अनुसार हाल देशमा २८ हजार सार्वजनिक विद्यालय रहे पनि तीमध्ये १० हजार विद्यालयमा ५० प्रतिशत पनि विद्यार्थी छैनन्, जसका कारण शिक्षकहरूको दरबन्दी समेत उचित रूपमा मिलान हुन सकेको छैन । गुणस्तरको अभावकै कारण अहिले निजी क्षेत्रमा विद्यार्थीहरूको आकर्षण बढेको दाबी गर्दै उनले नेपालमा पनि विश्व बजारलाई हेरेर सही नीति बनाउने हो भने एजुकेसन हब बनाउन कुनै गाह्रो नभएको उल्लेख गनु भएको हो ।

श्रेष्ठले राज्यले शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत भएको भन्दै विगतमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि यस्तो शुल्क लगाएको स्मरण गर्नु भयो ।

हाल गुणस्तरीय शिक्षाका लागि वार्षिक १ खर्ब रुपैयाँभन्दा बढी नेपाली पैसा विदेशिएको तथ्य प्रस्तुत गर्दै उनले निजी क्षेत्रले मात्रै शिक्षामा ७ खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको जानकारी दिनु भयो ।

४८ वटा इन्जिनियरिङ कलेजहरूमा निजी क्षेत्रको ठुलो लगानी रहेको उदाहरण दिँदै उनले अब सरकारले यस क्षेत्रका लागि दीर्घकालीन नीति बनाउनु अत्यावश्यक भइसकेको बताउनु भयो ।

नेपालमा अहिले पनि वैदेशिक विद्यार्थीहरू मेडिकल कलेजहरूमा पढ्न आउने गरेको भन्दै उनले निजी क्षेत्रलाई निरुत्साहित नभई हौसला दिनुपर्ने र सरकारी विद्यालयहरूलाई पनि थप बलियो बनाउनुपर्नेमा जोड दिनु भयो ।

 

सरकारी स्कुलहरू आफैँमा नराम्रो नभएको तर शिक्षामा लगानीको दायरालाई अझै बढाउनुपर्ने उनको भनाइ थियो । राज्यको नीति र कर प्रणालीप्रति असन्तुष्टि जनाउँदै श्रेष्ठले थपे, ‘शिक्षा र स्वास्थ्यमा शुल्क लगाउनु एकदमै गलत कार्य हो । अहिले वार्षिक १ खर्बभन्दा बढी नेपाली पैसा शिक्षाकै नाममा विदेशिएको छ, जबकि प्राइभेट सेक्टरले देशभित्रै ७ खर्बभन्दा बढी लगानी गरिसकेको छ । यस्तो अवस्थामा निजी क्षेत्रलाई निरुत्साहित गर्ने होइन, राज्यले संरक्षण र हौसला दिनुपर्छ ।’

हाल करिब ३० प्रतिशत विद्यार्थी निजी क्षेत्रमा अध्ययन गरिरहेको अवस्थालाई ध्यानमा राख्दै उनले अब बन्ने शिक्षा ऐनमा विशेष सुधारको माग गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार