प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद रानाको आपत्ति

काठमाडौं,३ असार । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावना माथि चोट पुर्याएको बताउनु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राख्नु भएको छ। उहाँले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवर लगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘मलाई आज इतिहासको सम्झना आइरहेको छ । म बाघको डोमरु हँु सिनो खाने कुकुर होइन यो अभिव्यक्ति हाम्रा विरपुर्खा अमरसिंह थापाको हो । म स्मरण गर्न चाँहे विरभक्ति थापा जो ७० वर्षको वृद्ध उमेरमा यो देशको रक्षार्थ उभिएका थिए र ज्यानको आहुती दिएका थिए । नालापानी युद्धमा नायक विर बलभद्र कुवंर लडेका थिए । त्यस्तै बहादुर साह यो ग्रेटर नेपालका निर्माता हुन् । मैले स्मरण गर्न चाहे यो भूमी नेपाली पूर्खाहरुले आर्जन गरेको भूमी हो । यसलाई सानोतिनो हिसावले नसम्झियोस् ।’

 

रानाले राष्ट्रियताप्रति नेपाली जनताको प्रेम, निष्ठा र समर्पण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भयो । प्रधानमन्त्रीले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भन्ने टिप्पणी गरेको उल्लेख गर्दै उहाँले उक्त अभिव्यक्ति राष्ट्रिय भावनाविपरीत रहेको दाबी गर्नु भएको छ।

 

उहाँले भन्नु भयो, ‘यो मातृत्व भूमी हो । राष्ट्रियताप्रतिको हामी सबैको प्रेम छ, निष्ठा छ, समर्पण छ । यो भावना नै राष्ट्रिय भावना हो । आज यो भावनाको खिलापमा सम्मानिय प्रधानमन्त्री यही सम्मानित सदनमा मजाकिलो हिसावले भद्दा मजाकको हिसावले सामान्य अर्थमा चाँही नेपालले भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनुहुन्छ । लाज लागिरहेको छ ।’ उहाँले भारतसँगको सीमा विवाद अझै समाधान हुन बाँकी रहेको उल्लेख गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको बताउनु भएको छ । ती क्षेत्रहरू नेपालको भूभाग भए पनि अझै प्राप्त गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो, ‘म आग्रह गर्न चाहे एकातिर भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी जो नेपालको अखण्ड भूमी हो, जो ३३५वर्ग किलोमिटर रहेको छ यसलाई हामीले प्राप्त गर्न बाँकी छ ।’ सांसद रानाले राष्ट्रियताको विषयलाई सामान्य रूपमा नलिन आग्रह गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति सबै राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोजगारी सिर्जना र प्रवद्र्धन साझा उद्देश्य रहेको श्रममन्त्री यादवको धारणा

काठमाडौं,३ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन

मन्त्री यादवको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ

काठमाडौं,३ असार । श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव ले प्रतिनिधिसभामा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

काठमाडौं,३ असार । नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउनु भएको छ । बुधबार

इस्वरी भुजेलको हत्या विरोधमा झापामा दीप प्रज्वलन

बिर्तामोड, ३ असार । ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले पत्नी ईश्वरी भुजेलको हत्या गरेको विरोधमा झापामा प्रर्दशन गरिएको छ । मंगलबार राती झापाको बिर्तामोडमा

दमकमा टिफरको ठक्करबाट एक जनाको ज्यान गयो

दमक, ३ असार । दमकमा टिफरको ठक्करबाट एक जना पूर्व शिक्षकको मृः त्यु भएको छ। आज बिहान करिब १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमक क्षेत्रमा

गभर्नरको हस्ताक्षर सहित ५०० को नयां नोट बजारमा

काठमान्डौं,३ असार । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार आजदेखि उक्त नयाँ नोट बजारमा