रोजगारी सिर्जना र प्रवद्र्धन साझा उद्देश्य रहेको श्रममन्त्री यादवको धारणा

काठमाडौं,३ असार । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले रोजगार क्षेत्रको सुधारका लागि व्यापक नीतिगत परिवर्तनको तयारी भइरहेको जानकारी दिनु भयो ।

मन्त्री यादवले सांसदहरूले दिएको सुझावप्रति आभार व्यक्त गर्दै सरकारले अपेक्षा गरेको लक्ष्य र सबैको साझा उद्देश्य रोजगारी सिर्जना र प्रवद्र्धन नै रहेको उल्लेख गर्नु भयो । उहाँले आन्तरिक रोजगारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आगामी दशकलाई ‘नेशनल इम्प्लोयमेन्ट प्रमोशन’ दशकका रूपमा घोषणा गर्ने तयारी गरिएको बताउनु भयो ।

उहाँका अनुसार हाल कार्यान्वयनमा रहेको राष्ट्रिय रोजगार नीति २०७१ सालमा बनेको हुँदा वर्तमान आवश्यकता र बदलिँदो श्रम बजारअनुसार समयसापेक्ष नरहेको छ ।

‘अहिलेको रोजगार नीति पुरानो भइसकेको छ। त्यसलाई कार्यान्वयन गर्न आवश्यक ऐन तथा कानुनी संरचनासमेत पर्याप्त छैनन्। त्यसैले वर्तमान आवश्यकता र श्रम बजारको मागअनुसार परिमार्जन गर्न आवश्यक महसुस गरेका छौं,’ उहाँले भन्नु भयो।

मन्त्री यादवले नयाँ रोजगार नीतिको खाका तयार गर्न कार्यदल गठन गरी अध्ययन तथा परामर्श प्रक्रिया अघि बढाइएको जानकारी दिनु भयो। नयाँ नीति निर्माणमार्फत रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा श्रम बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उहाँले बताउनु भयो।

यस्तै, देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रहरूको भूमिकालाई विस्तार गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनु भयो। उहाँका अनुसार ती केन्द्रहरूलाई केवल रोजगार सूचना प्रदान गर्ने संस्थाको रूपमा सीमित नराखी रोजगार सूचना, करियर मार्गदर्शन, सीप विकास तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग गर्ने ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ का रूपमा विकास गरिनेछ।

यसका लागि आवश्यक कार्यविधि तयार भइसकेको र अब कार्यान्वयनको चरणमा प्रवेश गरिने मन्त्री यादवले बताउनु भयो। उहाँले रोजगारसँग सम्बन्धित यी कार्यक्रम तथा योजनाहरू चालु आर्थिक वर्षको बजेटमा समेत समेटिएको उल्लेख गर्दै स्थानीय तहमार्फत रोजगारीका अवसर विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो।

सरकारले रोजगार नीति सुधार, स्थानीय तहमा सेवा विस्तार तथा उद्यमशीलता प्रवद्र्धनलाई एकीकृत रूपमा अघि बढाएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको मन्त्री यादवको भनाइ छ। उहाले युवा जनशक्तिलाई स्वदेशमै अवसर उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक ढंगले काम गरिने पनि स्पष्ट पार्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो