संविधानको मर्मविपरीत प्रतिनिधिसभा नियमावली रहेको भन्दै सांसद मल्लको आपत्ति

काठमाडौं,४ असार । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले प्रतिनिधिसभा नियमावली बहुमतको बलमा पारित गरिएको भन्दै त्यसप्रति आपत्ति जनाउनु भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद मल्लले आफूहरू करिब तीन सातादेखि सदनमा निरन्तर संघर्ष र आन्दोलनमा रहेको तथा प्रतिपक्ष एकताबद्ध भएर उभिएको बताउनु भयो ।

उहाँले प्रतिनिधिसभा नियमावली पारित गर्ने क्रममा नै आफूहरूले प्रश्न उठाएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन र बलिदानबाट स्थापित लोकतन्त्र तथा संविधानको मर्मविपरीत हुने कुनै पनि व्यवस्था नियमावलीमा समावेश गर्न नहुने धारणा राखेको बताउनु भयो ।

संविधानसँग बाझिने र संविधानको भावना विपरित हुने प्रावधान नियमावलीमा थपिन नदिन आफूहरूले जोडदार रूपमा आवाज उठाए पनि बहुमतको बलमा नियमावली पारित गरिएको उहांको आरोप थियो ।

उहाँले भन्नु भयो, ‘करिब तीन हप्तादेखि सदनमा निरन्तर रूपमा संघर्षमा छौँ । आन्दोलनमा छौँ। प्रतिपक्ष बेन्च एक ठाउँमा उभिएको छ । सबैभन्दा पहिले प्रतिनिधिसभाको नियमावली जसरी बहुमतको बलमा पास गरियो, त्यतिखेरदेखि नै यस विषयमा प्रश्न गरेका थियौँ । नेपालमा हामीले जुन आन्दोलन र बलिदानबाट स्थापित गरेको लोकतन्त्र छ र लोकतन्त्रलाई संस्थागत गरेको हाम्रो संविधान छ, त्यो संविधानसँग बाझिने गरी, संविधानको चीरहरण हुनेगरी कुनैपनि दफाहरू प्रतिनिधिसभा नियमावलीमा नथपिऊन् भनेर धेरै नै बल ग¥यौँ । तर त्यसो गर्दागर्दै त्यसलाई बलपूर्वक पास गराइयो ।’

सांसद मल्लले आन्दोलनकै क्रममा प्रधानमन्त्री लामो प्रतिपक्षपछि संसद भवनमा उपस्थित भएको र समय लिएर रोष्ट्रम प्रयोग गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सम्बोधनपछि प्रतिपक्षलाई प्रश्न सोध्न आग्रह गरेको भन्दै उनले आफूहरूले निरन्तर रूपमा प्रतिनिधिसभा नियमावलीतर्फ ध्यान दिन प्रधानमन्त्री र सभामुखको ध्यानाकर्षण गराउँदै आएको बताउनु भयो ।

उहाँले प्रतिनिधिसभाको कार्यसञ्चालन संविधानको मर्म र लोकतान्त्रिक अभ्यासअनुसार हुनुपर्नेमा जोड दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा