सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्साल

काठमाडौं,४ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको भन्ने गुनासोप्रति स्पष्टिकरण दिनु भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सरकारले एक वर्षे (सिङ्गल इयर) नभई बहुवर्षीय (मल्टी इयर) बजेट प्रणालीलाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले बहुवर्षीय बजेटमार्फत समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत रूपमा अघि बढाएर ठेक्का प्रक्रियामा लाग्ने समय घटाउने लक्ष्य राखिएको जानकारी दिनु भयो । उहाँका अनुसार ठेक्का आह्वान गर्न सामान्यतया ६–७ महिना लाग्ने भए पनि एउटै प्रकृतिका कार्यक्रमहरूलाई एकैपटक ठेक्का प्रक्रियामा लैजाँदा तीन वर्षसम्म लाग्न सक्ने समयलाई ६–७ महिनामै सीमित गर्न सकिन्छ ।

‘सडक, पुल आदिमा न्यून बजेट विनियोजन गरिएको भनेर गुनासो आएको थियो । यसमा अहिलेको बजेट हामीले यो सिङ्गल इयर बजेट बनाएका थिएनौं। हामीले थ्री इयर मल्टी इयर बजेट बनाएका थियौं । मल्टी इयर बजेट किन बनायौं भने हामीले अहिले करिब–करिब ६ देखि ७ महिना एउटा टेन्डर खोल्नका लागि लाग्छ । त्यो किन लाग्छ भने सायद क्लियरेन्स भएको हुँदैन, डीपीआर भएको हुँदैन । एउटै नेचरका कार्यक्रमहरूलाई हामीले एकैचोटि टेन्डर खोल्यौं भने र फरक–फरक वर्षमा टेन्डर खोल्यौं भने फरक के पर्छ भने, एकैचोटि टेन्डर खोल्दा हामीले जो तीन वर्षमा लाग्ने १८ देखि २१ महिनाको समय छ, त्यो खुम्चिएर ६ देखि ७ महिनामा मात्र सीमित गर्न सकिन्छ। र हामीले १२ देखि १४ महिना काम गर्ने समय बचत हुन्छ ।’

मन्त्री लम्सालले यसरी समय बचत हुँदा निर्माण कार्यका लागि थप १२–१४ महिना उपयोग गर्न सकिने बताउनु भयो । उहाँले धेरै संख्यामा रहेका समान प्रकृतिका कार्यक्रमलाई बहुवर्षीय ढाँचामा समेटिएकाले बजेट थोरै–थोरै रकम धेरै आयोजनामा बाँडिएको जस्तो देखिएको उल्लेख गर्नु भएको छ ।

उहाँले भन्नु भयो, ‘सिमिलर नेचरका कार्यक्रमहरूलाई एउटै कार्यक्रम बनाएर अबको तीन वर्षको कार्यक्रम फोकस गर्दाखेरि धेरै कार्यक्रम भएको कारणले गर्दा हामीले थोरै–थोरै बजेट धेरै कार्यक्रम भएजस्तो देखिएको हो । तर अहिले हाम्रो बजेट २ सय ८६ अर्ब भए पनि हामीले अहिले टेन्डर चाहिँ करिब–करिब १० खर्बजति बराबरको टेन्डर यो साल खोल्ने हाम्रो लक्ष्य छ ।’

उहाँले चालु आर्थिक वर्षका लागि मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ रहे पनि करिब १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस