तस्बिरले दिलाएको सफलता

अमेरिकाबाट यसरी फर्किए दोलखाका ऐतिहासिक मूर्ति

रामेछाप,५ असार। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ । करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन्। वि.स. २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट मल्लकालीन आकाश भैरवका दुई मूर्ति चोरी भएका थिए। त्यसयता सम्पदाको कुनै अत्तोपत्तो थिएन।

 

तर, वि.स. २०७४ को इन्द्रजात्राका अवसरमा अनिलचन्द्र श्रेष्ठले ‘फोटोमा मात्र देख्न सक्छौँ हाम्रो हाँथ्व देउ’ शीर्षकमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको पुरानो तस्वीर नै सम्पदा खोजी अभियानको महत्वपूर्ण प्रमाण बन्यो। पछि सोही तस्वीरलाई आधार बनाएर बालकृष्ण पासाले लेख तयार पार्नु भएको थियो। उक्त सामग्री लष्ट आर्टस अफ नेपालको ध्यानमा पुगेपछि मूर्ति खोजी अभियानले नयाँ मोड लिएको थियो। २०७९ सालदेखि अनिलचन्द्र श्रेष्ठ, यज्ञकुमार प्रधान, सञ्जय अधिकारी तथा नेपाल हेरिटेज रिकभरी क्याम्पेन र ष्ट आर्टस अफ नेपालको समन्वयमा प्रमाण संकलन, प्रहरीमा दर्ता गरिएका पुराना जाहेरी फेला पार्ने, पुरातत्व विभागमा निवेदन दिने तथा अमेरिकी निकायसँग कानुनी प्रक्रिया अघि बढाउने काम सुरु गरिएको थियो।

 

यस क्रममा अमेरिकाको न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयसँग पटक–पटक भर्चुअल बैठक सम्पन्न भएको थियो। अनुसन्धानपछि अमेरिकाका दुई सङ्ग्रहालयमा रहेका दुवै मूर्ति जफत गरिए र आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो। मूर्ति नेपाल ल्याउने क्रममा नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिंह र सचिव प्रेमगोपाल महर्जनले ढुवानी खर्चदेखि समन्वयसम्म महत्वपूर्ण सहयोग गर्नु भएको छ। उहाँको पहलपछि दोलखाका दुईसहित चार ऐतिहासिक मूर्ति नेपाल ल्याउन सफल भएको अभियानमा संलग्नहरूले बताएका छन्।

 

२०८० माघ १७ गते पुरातत्व विभागले पत्रकार सम्मेलन मार्फत मूर्ति नेपाल आइपुगेको जानकारी दिएको थियो। त्यसपछि ती मूर्तिलाई नेपाल राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रूपमा राखिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि असार ४ गते करिब ३० वर्षपछि आकाश भैरवका दुवै मूर्ति पुनः दोलखा फर्काइएका हुन्। एउटा पुरानो तस्वीर, स्थानीयवासीको निरन्तर प्रयास, कानुनी प्रमाण संकलन, अन्तर्राष्ट्रिय समन्वय तथा सम्पदा संरक्षण अभियन्ताहरूको अथक मेहनतकै कारण यो ऐतिहासिक सफलता सम्भव भएको हो।

 

सम्पदा फिर्ता गराउने अभियानमा नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सचिव सञ्जय अधिकारी, आर्टस अफ नेपाल, न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालय, पुरातत्व विभाग, नेवाः गुठी न्यूयोर्क, नेपाल राष्ट्रिय सङ्ग्रहालय तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै संस्था र व्यक्तिप्रति दोलखावासीले आभार व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार यो केवल दुई वटा मूर्ति फिर्ता आएको घटना मात्र नभई नेपालको विदेश पुगेका ऐतिहासिक तथा धार्मिक सम्पदा स्वदेश फर्काउने अभियानका लागि प्रेरणादायी उदाहरण बनेको छ।

पुरानो तस्वीरले सुरु गरेको खोजी अन्ततः तीन दशकपछि सांस्कृतिक इतिहास पुनः आफ्नै भूमिमा फर्काउने सफल अभियानमा परिणत भएको उनीहरूको भनाइ छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो