’पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने साम्पाङको दाबी

काठमाडौँ,५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गर्नु भएको छ्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।

 

उहाँले नेताहरूको व्यवहार र नैतिकता माथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उहाँले भन्नु भयो। त्यसैगरी, उहाँले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट कागजात वितरणमा भएको ढिलाइबारे प्रश्न उठाउनु भयो। रक्षा मन्त्रालयको बजेट बुक अझै उपलब्ध नभएको भन्दै उहाँले यो व्यवस्थापनको कमजोरी हो वा नियतगत समस्या भन्नेबारे स्पष्टता माग गर्नु भयो। सूचना तथा सञ्चार मन्त्रालयले अघिल्लो दिन सार्वजनिक गरेको ५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ब्रेकडाउनमा पनि उनले असंगति देखिएको दाबी गर्नु भयो।

 

उहाँका अनुसार वास्तविक विवरणमा करिब १ अर्ब ६१ करोड मात्र देखिएको र बाँकी रकम प्रदेश तथा स्थानीय तहमा जाने भनिए पनि स्पष्ट विवरण नदिइएको भन्दै उहाँले वित्तीय पारदर्शितामा प्रश्न उठाउनु भयो। त्यस्तै, उहाँले भारतको पटनामा नेपाली नागरिकहरूलाई नेटवर्किङको नाममा ठगी गरी बन्धक बनाइएको भन्ने सूचना आएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो। उहाँले पीडित नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गर्नु भयो।

सांसद राईले वैदेशिक रोजगारीका कारण नेपाली युवा बाध्य भएर विदेशिनु परेको भन्दै देशमै रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो