नेपालमा पनि मनाइँदै ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’

काठमाडौं,५ असार । द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। द्वन्द्वका क्रममा हुने यौन हिंसाका पीडितलाई न्याय र पीडकलाई जवाफदेही बनाउने उद्देश्यका साथ हरेक वर्ष जुन १९ मा यो दिवस मनाइने गरिन्छ। यस दिवसले द्वन्द्वकालीन यौन हिंसाविरुद्ध विश्वव्यापी सचेतना अभिवृद्धि गर्नुका साथै पीडित तथा बाँचेकाहरूको सम्मान र अधिकार सुनिश्चित गर्न जोड दिने गर्दछ।

 

यस वर्षको दिवसको नारा ‘बालबालिका माथि हुने द्वन्द्वकालीन यौन हिंसा रोकौँ, सुरक्षित भविष्य र सशक्त संरक्षक निर्माण गरौँ’ रहेको छ। युद्ध, द्वन्द्व तथा अस्थिरताका समयमा बालबालिका माथि हुने यौन हिंसाविरुद्ध विश्व समुदायलाई एकजुट हुन आह्वान गर्दै यो नाराले बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न तथा अभिभावक, संरक्षक र समुदायको भूमिका सशक्त बनाउनुपर्ने सन्देश दिएको छ।

 

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१५ देखि जुन १९ लाई ‘द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो। संयुक्त राष्ट्रसंघका अनुसार यस दिवसले द्वन्द्वसँग सम्बन्धित यौन हिंसा अन्त्य गर्न आवश्यक जागरूकता फैलाउने र विश्वभरका पीडित तथा बाँचेकाहरूलाई सम्मान गर्ने अवसर प्रदान गर्दछ।

 

द्वन्द्व–सम्बन्धित यौन हिंसामा युद्ध वा सशस्त्र द्वन्द्वका क्रममा हुने बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, गर्भपतन, जबर्जस्ती विवाह लगायतका गम्भीर यौन अपराधहरू समावेश हुन्छन्। यस्तै, यौन शोषण वा हिंसाका उद्देश्यले गरिने मानव बेचबिखनलाई पनि यसैअन्तर्गत राखिएको छ। नेपालमा पनि सशस्त्र द्वन्द्वको अन्त्य भएको दुई दशक नजिक पुग्न लाग्दा पनि द्वन्द्वकालीन यौन हिंसाका धेरै पीडितले अझै न्याय प्राप्त गर्न नसकेको भन्दै नेपालको राष्ट्रिय मानव अधिकार आयोगले बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ।

सत्य निरुपण तथा मेलमिलाप आयोग नेपालका अनुसार सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार उल्लङ्घन र मानवताविरुद्धका घटनासम्बन्धी ६३ हजार ७१८ उजुरी दर्ता भएका छन्। तीमध्ये बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी ३१४ उजुरी रहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा