सीमाको सवालमा प्रधानमन्त्रीको भनाइप्रति संसदमा कांग्रेसको विरोध

काठमाडौं,५ असार । नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गर्नु भएको छ। शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्डता विपरीत रहेको दाबी गर्नु भएको छ।‘म सुदूरपश्चिम प्रदेशको बासिन्दा र महाकाली साझा हो, पानी आधा–आधा हो भन्ने चर्चित आन्दोलन तथा कालापानी मार्चपासमा सहभागि एकजना विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत यस सम्मानित संसदमा सगौरव अवगत गराउन चाहन्छु,’ उहाँले भन्नु भयो।

 

सांसद विश्वकर्माले आफू सुदूरपश्चिम प्रदेशको बासिन्दा तथा महाकाली क्षेत्रसँग सम्बन्धित सीमासम्बन्धी आन्दोलन र कालापानी मार्चपासमा सहभागी विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नु भएको छ। उहाँले सुगौली सन्धिपछिको सीमा निर्धारण, लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रसम्बन्धी ऐतिहासिक दस्तावेज, सरकारी प्रतिवेदन तथा नक्सा लगायतका आधार प्रस्तुत गर्दै उक्त क्षेत्र नेपालकै भूमि भएको दाबी गर्नु भएको छ। साथै, व्यास उपत्यकाका विभिन्न गाउँहरू नेपालतर्फ पर्ने ऐतिहासिक तथ्यहरू पनि संसदमा स्मरण गराउनु भयो।

 

‘व्यास उपत्यकामा रहेका १२ वटा गाउँहरूमध्ये महाकाली वारीका ६ वटा गाउँ– कुटी, नाभी, गुञ्जी, छाङ्रु, ऋषि गाउँ र टिंकर नेपालतिर परे। ती गाउँका बासिन्दाहरूले तत्कालीन बैतडी मालपोतमा बुझाएका रसिदहरू, लिम्पियाधुरा, लिपुलेक, कालापानी सम्बन्धमा २०३० सालमा नेपाल सरकार परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित स्थलगत प्रतिवेदन र दार्चुला जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीले सीमा अतिक्रमणबारे पठाएका गोप्य प्रतिवेदनहरू तथा यसै संसदको सर्वसम्मत निर्णयले पारित गरेको चुच्चे नक्साले स्थापित गरिरहेका तथ्यहरू आफ्नै देशको प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि डाको छोडेर रोइरहेका होलान्,’ उहाँले भन्नु भयो ।

 

त्यसैगरी, उहाँले सुशासनको सन्दर्भमा सरकारका केही व्यवहार र सार्वजनिक रूपमा आएका घटनाहरूप्रति पनि प्रश्न उठाउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा