आर्थिक विधेयक मध्यम वर्ग र उद्योगमैत्री भएको सांसद पराजुलीको दाबी

काठमाडौं,५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आर्थिक विधेयक, २०८३ ले मध्यम वर्ग, उद्योग तथा निर्यात क्षेत्रका महत्वपूर्ण विषयहरू सम्बोधन गरेको बताउनु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक माथिको छलफलमा भाग लिँदै उहाँले सरकारले छोटो समयमै जनपक्षीय र देश निर्माणमा केन्द्रित बजेट ल्याउने प्रयास गरेको बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘गत फागुनमा भएको प्रतिनिधिसभाको निर्वाचनपछि सरकारको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिँदैगर्दा चैतको मध्यतिर जिम्मेवारी लिएका थियौँ । अर्थमन्त्रीज्यूले बारम्बार भन्नुभएको छ, ‘हामीले बनाएको यो बजेटले सबै कुरा एकसय प्रतिशत समेटेको छ’ भन्ने कुरामा हामी पनि विश्वस्त छैनौँ। तर साँचै जनपक्षीय र देश निर्माण गर्ने प्रक्रियामा तथा सबै राजनीतिक दलले बोकेका सकारात्मक विषयलाई सम्बोधन गर्ने गरी सशक्त प्रयास गरेका छौँ र त्यो बजेटमा प्रतिबिम्बित भएको छ ।’

पराजुलीले मध्यम वर्गको विस्तार तथा कर प्रणाली सुधारका विषयमा बजेटले महत्वपूर्ण कदम चालेको उल्लेख गर्नु भएको छ। उहाँले भन्नु भयो, ‘मिडल क्लास सेग्मेन्टलाई बढाउनुपर्छ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र नभई प्रतिपक्षका सशक्त माननीयज्यूहरूले पनि उठाउँदै आउनुभएको थियो । करको दायरा विस्तार गर्दै स्ल्याबलाई ६ लाखबाट १० लाख पु¥याउने र ३९ प्रतिशत करको मनोवैज्ञानिक दबाबलाई कम गर्ने व्यवस्था गरिएको छ। तर यस्ता विषय सम्बोधन हुँदा पनि प्रतिपक्षबाट त्यसको रचनात्मक स्वागत भएको देखिएन, बरु विरोध कसरी गर्न सकिन्छ भन्ने शैली देखियो। यद्यपि, म यसलाई प्रतिपक्षले आफ्नो धर्म निर्वाह गरेको रूपमा बुझ्छु।’

 

आर्थिक विधेयकले औद्योगिकीकरण र कच्चा पदार्थको उपयोगका क्षेत्रमा महत्वपूर्ण व्यवस्था गरेको भए पनि केही विषय छुटेको महसुस भएको उहाँको भनाइ थियो। प्लाइउड उद्योगबारे बोल्दै उहाँले नेपालमै कच्चा पदार्थ प्रशोधन गरेर मूल्य अभिवृद्धियुक्त वस्तु निर्यात गर्नुपर्नेमा जोड दिनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘प्लाइउड नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादन हो । अघिल्लो वर्ष ८ अर्ब रुपैयाँको निर्यात भएको थियो तर गत वर्ष कच्चा पदार्थकै निर्यात बढेका कारण चार अर्ब रुपैयाँमा झरेको छ । आफ्नै देशको शतप्रतिशत कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने यो वस्तुको निर्यातमा विशेष पहलकदमी आवश्यक छ । प्रतिकेजी ६ रुपैयाँ कायम गरिएको भन्सार दरलाई १२ रुपैयाँसम्म पु¥याउन सके कच्चा पदार्थ नेपालमै प्रयोग गरी तयारी वस्तु निर्यात गर्न सकिन्छ र ४ अर्बको बजारलाई १२ अर्ब रुपैयाँसम्म विस्तार गर्न सकिन्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा