बजेटको सकारात्मक पक्ष र शिक्षाका चुनौती औँल्याउँदै सांसद राना

काठमाडौं,५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सासद इन्दिरा राना मगरले वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले स्थानीय तह तथा जिल्लाबीचको पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनु भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिकालाई जोड्ने पुल निर्माण गर्नु विकास भएको बताउनु भएको छ।

 

उहाँले भन्नु भयो,‘वर्तमान सरकारले सार्वजनिक गरेको बजेटले एक जिल्लाबाट अर्को जिल्लामा जोड्ने, एउटा पालिकाबाट अर्को पालिका जोड्ने एकदमै सिर्जनात्मक तरीकाले निर्णय गरेको छ । यसलाई म समर्थन गर्न चाहन्छु । पहिला त्यस्तो थिएन । एउटा पालिकाबाट आर्को पालिकामा जोड्ने पुल निर्माण गर्नु भनेको विकास हो । त्यो पनि एउटा समृद्धि हो ।’

 

उहाँले भौतिक पूर्वाधारसँगै शिक्षामा लगानीको महत्व औँल्याउँदै बालबालिका माथिको लगानी दीर्घकालीन राष्ट्र निर्माणको आधार हुने बताउनु भयो । विद्यालयहरूमा शिक्षक दरबन्दीको समस्या अझै कायम रहेको बताउदै उहाँले करारमा कार्यरत शिक्षकहरू न्यून तलबमा काम गर्न बाध्य भएको बताउनु भयो । पाँच सय विद्यार्थी अध्ययनरत विद्यालयमा सीमित शिक्षक दरबन्दी हुँदा गुणस्तरीय शिक्षा प्रदान गर्न कठिन हुने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘हामी ठूला भवनका लागि लगानी गर्छौ, तर लगानी बालबालिकाको लागि गर्दनौं । हरेक विद्यालयमा एउटा दरबन्दी छ । करारमा बसेकाहरू १५ हजार २० हजारमा तलब खाएर बसेका छन् । ५ सय जना विद्यार्थी भएको ठाउँमा २३ जना दरबन्दी छ भने कसरी पाँच सय जना विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्छौँ । त्यसैले विद्यालयमा हामीले लगानी गर्नु पर्दछ । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा