अर्थमन्त्रिद्वारा व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे धारणा

काठमाडौं ,५ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याउनु भएको छ ।

उहाँका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी गर्न सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्न्ुाभयो, ‘शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा होइन। निजी स्कुलहरूमा अहिलेलाई तीन प्रतिशत लगाइएको छ । तर आफ्ना बालबालिकाहरूको लागि नीजि स्कुलमा गरिएको २५ हजार रुपैयाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ।’

अर्थमन्त्री वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नेपाली नागरिकहरूलाई आयकरको दायरामा नराखिएको उल्लेख गर्दै यो व्यवस्था ‘क्रान्तिकारी कदम’ भएको दाबी गर्नु भएको छ ।

‘वर्षमा १० लाख आम्दानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इनकम ट्याक्स फ्रि यो असाध्यै क्रान्तिकारी कदम हो । त्यसबाट लाखौं बचत भइरहेको उहाँको भनाई थियो ।

उहाँले थप स्पष्ट गर्दै मध्यम तथा उच्च मध्यम वर्गलाई लक्षित गरी निजी विद्यालयमा गरिएको खर्चमा कर छुटको सुविधा दिइएको बताउनु भयो ।

वार्षिक खर्चको २५ हजार रुपैयाँ वा कुल खर्चको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, सो रकम कर कट्टी गर्न सकिने व्यवस्था रहेको उहाँको भनाइ थियो।

वाग्ले भन्नुहुन्छ , ‘यता ५ हजार खर्च गर्नेहरूले १५० रुपैयाँ तिर्ला तर लाखौं छुट दिइएको छ । कर तिर्न नपर्ने व्यवस्था छ । शिक्षामा पनि १० लाख भन्दा माथि, अझ महँगा स्कुलमा पढ्नेहरूको लागि मात्र निजी स्कुलहरूमा पनि मध्यम वर्गमा मात्र होइन, उच्च मध्यम वर्ग भएकाहरूलाई पनि २५ हजार रुपैयाँ वा खर्चको २५ प्रतिशत जुन कम हुन्छ त्यो कर कट्टीबाट उन्मुक्ति दिइएको छ । त्यसैले सोच विचार गरेर अर्थतन्त्रको दीर्घकालीन औपचारिकीकरणका लागि यी कदमहरू चालिएका हुन्।’

अर्थमन्त्रीले यी नीतिहरू दीर्घकालीन रूपमा अर्थतन्त्रको औपचारिकीकरण र कर प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले ल्याइएको हो जवाफ दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा