अनुसन्धान जारी

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ः०० बजे मलंगवा नगरपालिका – १० स्थित डिम पुल क्षेत्रमा विशेष चेकजाँचका क्रममा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद रु. ३२ लाख फेला परेको हो ।

 

घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका – ३ निवासी २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका – १ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिनु भयो । प्रहरीले घटनास्थलबाट ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल, ओप्पो रेनो एघार र स्यामसुंग ग्यालेक्सी एम् ३६ मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भईरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच

नेकपाले विशाल आइटी फौज तयार गर्दैछ : संयोजक प्रचण्ड

काठमाडौं ,५ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’

विश्व राईको संयोजकत्वमा पाथीभरा केवलकार विवाद समाधान गर्न कार्यदल गठन

काठमाडौं ,५ असार । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक भयो: सोबिता गौतम

काठमाडौं,५ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनु

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

काठमाडौं,५ असार ।  डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता

मेस्सी द्वारा परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

काठमाडौं,५ असार । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याबाट गुज्रिरहेको र हाल चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ । परिवारद्वारा