कानुनी संकटमा व्यवसायी

१ खर्बको व्यावसायिक ऋणमा जोखिमको संकेत

काठमाडौं, ८ असार । सम्पत्ति शुद्धीकरण, धितोपत्र, बीमा तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा विवादित व्यवसायी दीपक भट्ट सहित विभिन्न व्यवसायिक समूहका प्रभावशाली व्यवसायीहरू तानिएपछि उनीहरूसँग आबद्ध कम्पनीहरूको एक खर्ब रुपैयाँभन्दा बढीको कर्पोरेट ऋण तथा लगानी जोखिम निगरानीमा परेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले मुद्दामा मुछिएका प्रवद्र्धक, सञ्चालक तथा प्रमुख व्यवस्थापकीय अधिकारीहरू आबद्ध १८ कम्पनीको रेटिङलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ मा राखेको छ । यसले ती कम्पनीहरूको वित्तीय क्षमता तत्काल कमजोर भएको निष्कर्ष नदिए पनि भविष्यमा उत्पन्न हुन सक्ने जोखिमप्रति संकेत गरेको विश्लेषण गरिएको छ ।

 

निगरानीमा राखिएका कम्पनीहरू विभिन्न क्षेत्रका छन् । तीमध्ये अधिकांश उत्पादन, व्यापार, सेवा तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कम्पनी हुन् । इन्फोमेरिक्सले कम्पनीहरूको व्यवसाय सञ्चालन, वित्तीय अवस्था, संस्थागत सुशासन तथा व्यवस्थापन निरन्तरतामा कानुनी प्रक्रियाले पार्न सक्ने प्रभावलाई आधार बनाएर रेटिङ निगरानीमा राखेको जनाएको छ । सरकारले हालै धितोपत्रसम्बन्धी कसुरमा ८१ जना, बीमासम्बन्धी कसुरमा ४२ जना, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ३९ जना तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा ५ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको छ । तीमध्ये केही व्यक्ति सार्वजनिक कम्पनी र ठूला निजी व्यवसायिक समूहका प्रमुख पदमा कार्यरत छन् । क्रेडिट रेटिङ एजेन्सीका अनुसार कानुनी प्रक्रिया लम्बिँदा कम्पनीको निर्णय प्रक्रिया, वित्तीय स्रोत परिचालन, बैंक तथा लगानीकर्ताको विश्वास र बजार प्रतिष्ठामा असर पर्न सक्ने भएकाले रेटिङलाई विशेष निगरानीमा राखिएको हो ।

 

इन्फोमेरिक्सले भने कम्पनीहरू दोषी प्रमाणित भइसकेका नभई कानुनी अनिश्चितताका कारण सम्भावित जोखिमको मूल्यांकन गर्न मात्र रेटिङ निगरानीमा राखिएको स्पष्ट पारेको छ । अदालतको अन्तिम फैसला, व्यवस्थापनमा हुने सम्भावित परिवर्तन तथा कम्पनीहरूको वित्तीय प्रदर्शनका आधारमा आगामी दिनमा रेटिङ घटाउने, यथावत राख्ने वा पुनरावलोकन गर्ने निर्णय गरिने एजेन्सीले जनाएको छ । बजार विश्लेषकहरूका अनुसार ठूला व्यवसायिक समूहसँग आबद्ध कम्पनीहरू निगरानीमा परेपछि बैंक, वित्तीय संस्था, लगानीकर्ता तथा ऋणदाताहरूले ती कम्पनीहरूको जोखिम प्रोफाइललाई थप नजिकबाट मूल्यांकन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले नेपालको कर्पोरेट क्षेत्रमा सुशासन र पारदर्शितासम्बन्धी बहसलाई समेत थप तीव्र बनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

काठमाडौं,८ असार । जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौंमा भेला सम्पन्न भएको छ।

हालसम्म १३ लाख ५१ हजार प्रतिष्ठानको विवरण सङ्कलन

काठमाडौं,८ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय तथ्याङ्क

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप , निष्पक्ष छानबिनकाे माग

काठमाडौं ८ असार । गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । सोमबार (असार ८) अजय सोडारी,

प्रधानमन्त्री बालेन शाहद्वारा सौराहाको हात्ती प्रजनन केन्द्र निरीक्षण

रौतहट,८ असार । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

नेपालमा स्मार्टफोन मात्रै ११ महिनामा ४३ अर्बभन्दा बढीको आयात

काठमाडाै‌ ८ असार । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब

वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्द

काठमाडौं,असार ८ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार