नेपालमा स्मार्टफोन मात्रै ११ महिनामा ४३ अर्बभन्दा बढीको आयात

काठमाडाै‌ ८ असार । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए ।

तथ्यांकले मूल्यका आधारमा स्मार्टफोन आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको हो । जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन् । स्मार्टफोन आयातको प्रमुख स्रोत मुलुक चीन बनेको छ । विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपाल भित्रिएका छन् ।

कुल आयातमध्ये ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेका छन् । स्मार्टफोन आयातसँगै सरकारको राजस्व संकलन पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ रहेको थियो । स्मार्टफोनको बढ्दो प्रयोग, नयाँ प्रविधिप्रतिको आकर्षण तथा पुराना उपकरण प्रतिस्थापन गर्ने क्रमले आयात वृद्धि भएको व्यवसायीहरू बताउँछन् । बजारमा नयाँ मोडलका स्मार्टफोनको माग बढ्दै जाँदा आगामी महिनाहरूमा पनि आयात उच्च रहने अनुमान गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने

काठमाडौं,८ असार । जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौंमा भेला सम्पन्न भएको छ।

हालसम्म १३ लाख ५१ हजार प्रतिष्ठानको विवरण सङ्कलन

काठमाडौं,८ असार । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत हालसम्म १३ लाख ५१ हजार १६७ वटा प्रतिष्ठान तथा व्यवसायिक एकाइको विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय तथ्याङ्क

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप , निष्पक्ष छानबिनकाे माग

काठमाडौं ८ असार । गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । सोमबार (असार ८) अजय सोडारी,

प्रधानमन्त्री बालेन शाहद्वारा सौराहाको हात्ती प्रजनन केन्द्र निरीक्षण

रौतहट,८ असार । प्रधानमन्त्री वालेन्द्र शाहले चितवनको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रको विशेष निरीक्षण गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

नेपालमा स्मार्टफोन मात्रै ११ महिनामा ४३ अर्बभन्दा बढीको आयात

काठमाडाै‌ ८ असार । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ । भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब

वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्द

काठमाडौं,असार ८ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४।७८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वैदेशिक व्यापार