रास्वपा महाधिवेशन

उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सभापति पदका उम्मेदवारले उम्मेदवारी मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।

 

त्यस्तै, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण र हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट पारेको छ । तर, समर्थकको हकमा भने एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ ।

 

यसैगरी, उम्मेदवारका प्रस्तावक वा समर्थक बन्ने व्यक्ति अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधिको सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्ने जनाइएको छ । साथै, कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको व्यक्ति स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था पनि गरिएको छ । रास्वपाले महाधिवेशन निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक नियम तथा मापदण्ड सार्वजनिक गर्दै निर्वाचन प्रक्रियालाई थप व्यवस्थित बनाउने तयारी गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै