शिक्षा क्षेत्रका मुद्दा उजागर गर्न पत्रकारको क्षमता अभिवृद्धिमा जोड

काठमाडौँ,९ असार । मुलुकको शिक्षा क्षेत्रका विद्यमान मुद्दाहरूलाई सञ्चार माध्यममार्फत उजागर गर्न र राज्यलाई उत्तरदायी बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था शिक्षा पत्रकार समूह (ईजेजी) ले सोमबार राजधानीमा आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागी तथा विज्ञहरूले सो कुरामा जोड दिएको समूहका अध्यक्ष निर्जला कक्ष पतिले बताउनु भयो।

 

शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सतहमा ल्याई गुणस्तरीय शिक्षाको सबलीकरणका लागि राज्यलाई निरन्तर घचघच्याइने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार एवं शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा जोड दिनु भएको छ । यस्तै, अर्का प्रशिक्षक एवं शिक्षाकर्मी तथा शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यक्रम संयोजक टिका भट्टराईले शिक्षा नीति, यसका कमजोरी र स्थानीय तहले शिक्षामा गरिरहेका अभ्यासहरूका विषयमा सञ्चारकर्मीहरूले गहिरो अध्ययन गर्नुपर्ने औँल्याउनु भयो । वास्तविक धरातलमा पुगेर गरिने पत्रकारिताले मात्रै राज्यको ध्यानाकर्षण गराउन सक्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ।

 

एक दिने अभिमुखीकरण कार्यक्रममा विद्यालय शिक्षा, बजेट विनियोजन, र दुर्गम क्षेत्रका शैक्षिक समस्याहरूलाई कसरी मुख्य समाचारको विषय बनाउने, नीति निर्माण र कार्यान्वयनको खाडललाई उजागर गर्दै राज्यका निकायहरूलाई घचघच्याइने, पूर्वाधार विकाससँगै शिक्षण सिकाइको गुणस्तर सुधारका लागि बहस पैरवी सिर्जना गर्ने सवालमा जोड दिइएको थियो । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत शिक्षा क्षेत्र हेर्ने ३५ बढी पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस किसिमको अभिमुखीकरणले आगामी दिनमा खोजमूलक र प्रभावकारी शैक्षिक समाचारहरू पस्कन थप ऊर्जा र स्पष्टता मिलेको बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपाध्यक्ष पौडेल पक्राउ परेकोमा एमालेको आपत्ति

काठमाडौं,९ असार । नेकपा (एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उहाँको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै अविलम्ब

बन्दसत्र सुरु, नेताहरूद्वारा उम्मेदवारी घोषणा

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेलाई जनविश्वासको केन्द्र बनाइने महासचिव पोखरेलको दाबी

सुर्खेत,९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि

सुनसरीमा ईभी कारको ठक्करबाट प्रहरी वरिष्ठ सई यादवको मृत्यु

सुनसरी,९ असार ।  सुनसरीको बर्जु गाउँपालिका–६ नरह चोक नजिक राजमार्गमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ सईको मृत्यु भएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत

झापाबाट गगन थापाको उद्घोष,कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ

झापा,९ असार ।नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पारेका छन्। झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै