धेरै पछि बौद्धस्थित भाट–भटेनी सुपर स्टोरले सास फेर्दै , बुधवार देखि पुनः सञ्चालनमा आउँद

काठमाडौं,९ असार । काठमाण्डौं बौद्धस्थित भाट–भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनमा आएसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

 

भाट–भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोर भोलिदेखि ग्राहकलाई नियमित सेवा उपलब्ध गराइनेछ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा निरन्तर प्रदान गर्ने प्रतिबद्धता यथावत रहेको कम्पनीले जनाएको छ ।

 

यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, सहयोग र विश्वासको अपेक्षा गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी