रास्वपा महाधिवेशन

व्यवस्थापकीय चुनौतीका कारण बन्दसत्र लम्बिने संकेत

काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं प्रवक्ता मनिष झाले बन्दसत्र एक दिन थपिन सक्ने बताउनु भएको छ । मंगलबार रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत बन्दसत्र केही ढिलागरी सुरु भएपछि झाले महाधिवेशनमा व्यवस्थापकीय तथा प्राविधिक चुनौती देखिएको बताउनु भएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनका कार्यक्रम तालिकाभन्दा ढिलो अघि बढेपछी प्रवक्ता झाले बन्दसत्र सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै व्यवस्थापनका कारण महाधिवेशन एक दिन थपिन सक्ने संकेत गर्नु भएको छ।

 

उहाँका अनुसार प्रतिनिधि दर्ता, नामावली व्यवस्थापन र किट वितरणजस्ता प्राविधिक तयारी समयमै पूरा नहुँदा बन्दसत्र ढिलो सुरु भएको हो। उहाँले सबै प्रक्रिया पूरा गरेर आजैदेखि बन्दसत्र अघि बढाइएको बताउनु भयो। झाले भन्नु भयो, ‘प्रतिनिधि संख्या अपेक्षाभन्दा बढी भएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। करिब पाँच सयभन्दा बढी प्रतिनिधि थपिएपछि नामावली अद्यावधिक, दाबी–विरोध प्रक्रिया र सामग्री व्यवस्थापनमा समय लागेको हो।’ उहाँले संगठन निर्माण सबै प्रदेशमा समान रूपमा नपुगेको कारण पनि समस्या देखिएको बताउनु भयो। विशेषगरी केही प्रदेशमा संगठन विस्तार ढिलो भएकाले प्रतिनिधि सूचीमा छुट–पुट भएको उहाँले स्वीकार गर्नु भएको छ।

 

समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले ३३ प्रतिशत आरक्षण, सभापतिलाई २०० प्रतिनिधि थप्ने अधिकार र समायोजन समितिबाट थप १०० देखि १५० प्रतिनिधि समावेश गर्ने व्यवस्था गरेको पनि उहाँले जानकारी दिनु भएको छ। उहाँले भन्नु भयो, ‘हामी सिक्दै छौँ, कतिपय कुरा अपेक्षाभन्दा फरक भए पनि सबैलाई समेट्ने प्रयास भइरहेको छ।’ उहाँले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले लामो समय, खर्च र मेहनत गरेर आएको भन्दै उनीहरूको असन्तुष्टि स्वाभाविक भएको टिप्पणी गर्नु भएको छ। साथै, व्यवस्थापनको कारण कार्यक्रम केही लम्बिन सक्ने अवस्था रहेको पनि उहाँले स्पष्ट पार्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो