११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे लगायतका जिल्लामा पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ । साथै ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ ।

पशु सेवा विभागले कोशी प्रदेशमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याइएको दाबी गरेको छ । संक्रमित क्षेत्रमा कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गरिएको तथा जोखिमयुक्त फार्महरूमा जैविक सुरक्षाका उपायहरू लागू गरिएको जनाएको छ ।

विभागका अनुसार हाल प्रयोगशालामा परीक्षण गरिएका नमुनामा बर्ड फ्लु र न्यूक्यासल रोगका भाइरससमेत फेला परेका छन् । संक्रमित तथा शंकास्पद कुखुरा व्यवस्थापनमा विशेष सावधानी अपनाउन र मृत कुखुरा खुला स्थानमा नफाल्न किसानलाई आग्रह गरिएको छ ।

विभागले कुखुरा पालन व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा कुनै अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउन अनुरोध गरेको छ । पशु सेवा विभागका महानिर्देशक डा. रमेश दाहालले सबै सरोकारवाला निकाय तथा किसानलाई संक्रमण नियन्त्रण अभियानमा सहयोग गर्न अपिल गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको