व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताउनु भएको छ। उहाँले भन्नु भयो, ‘मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने काम सरकारको हो । व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन । यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ ।’

 

अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आदिवासी जनजाति समुदायका अधिकारको पनि सम्मान हुनुपर्ने बताउनु भएको छ। ‘आदिवासी जनजातिहरूको अधिकार पनि हनन हुनु भएन, विकास पनि हुनुप¥यो। व्यवसायीले काम पनि गर्न पाउनुप¥यो, तर संविधानले दिएको अधिकारको सम्मान गर्दै अघि बढ्नुपर्छ,’उहाँले भन्नु भयो । उहाँले आयोगमा विभिन्न विकास आयोजना तथा पूर्वाधार निर्माणका कारण प्रभावित समुदायबाट उजुरीहरू आउने गरेको जानकारी दिनु भयो । कतिपय स्थानमा स्थानीय बासिन्दाको भोगाधिकार, परम्परागत अधिकार तथा संस्कारसँग सम्बन्धित विषय प्रभावित भएको गुनासो आयोगमा परेको उहाँको भनाइ थियो ।

 

मगरले विद्युत् पूर्वाधारको लापरवाहीका कारण नागरिकको ज्यान गएको घटनाप्रति पनि चिन्ता व्यक्त गर्नु भएको छ। कालीकोट र महोत्तरीका घटनाको उदाहरण दिँदै उहाँले सम्बन्धित निकायको जवाफदेहिता आवश्यक रहेको बताउनु भयो। ‘व्यवसाय हुनुप¥यो, तर जनताको ज्यान जानु भएन। त्यहाँ के त्रुटि भयो, किन रोक्न सकिएन भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ,’उहाँले भन्नु भयो। उहाँले व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्ने उपायबारे संवादबाट ठोस सुझाव आउने विश्वास व्यक्त गर्दै कार्यक्रमले मानव अधिकारमैत्री विकास र उत्तरदायी व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा

दमक नगरको बजेट : यी हुन ५ प्राथमिकता

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममार्फत विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, वातावरण र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। नगरपालिकाको