होल्डिङ सेन्टर खाली गर्न सरकारको आग्रह

अव्यवस्थित छोडे पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीको चेतावनी

काठमाडौं,१२ असार । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्। विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

 

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका लागि उपस्थित हुन आग्रह गरेको छ।

 

समितिले सम्बन्धित परिवारले मोबाइलमा प्राप्त हुने एसएमएसका आधारमा आवश्यक पारिवारिक विवरण र कागजातसहित असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई डिजिटल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ। यस्तै, होल्डिङ सेन्टर बाहिर स्वव्यवस्थापन गरी बसोबास गरिरहेका परिवारलाई नेपाल सरकारको निर्णयअनुसार पुनःव्यवस्थापन खर्चबापतको घरभाडा रकम वितरण गरिने समितिले जनाएको छ। उक्त रकम प्राप्त गर्न सम्बन्धित परिवारले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचाको निवेदन भरेर असार १५ गतेभित्र दशरथ रङ्गशालामा पेस गर्नुपर्नेछ।

 

समितिले यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा घरभाडा रकम प्राप्त गर्ने अवधि छोटो भएको गुनासोलाई ध्यानमा राख्दै असार १९ गतेसम्म थप गरेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक