रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित गरिएको हो । आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक शनिबार बिहान ११ बजेसम्मका लागि सारिएको छ । यसअघि पनि बैठकको मिति दुईपटक परिवर्तन भइसकेको थियो ।

 

आजको बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची थियो । कार्यसूचीअनुसार प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, २०८३ सदनमा पेस गर्ने कार्यक्रम थियो । सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखी उक्त विधेयक पनि सदनमा पेस गर्ने तयारी थियो।

 

अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पेस गर्ने कार्यसूची थियो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको थियो। यसैगरी, आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूमाथि छलफल गरी निर्णयार्थ प्रस्तुत गर्दै पारित गर्ने तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफावार छलफल र पारित गर्ने कार्यसूची पनि आजकै बैठकमा राखिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कति सुरक्षित छ नेपाली चियाको विश्व बजार?

काठमाडौं,१२ असार । नेपाली चिया विश्वका विभिन्न मुलुकमा निर्यात हुँदै आए पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाले समान व्यापारिक सुविधा पाउन सकेको छैन । आयात गर्ने

रास्वपा महाधिवेशनका कारण प्रतिनिधिसभाको बैठक पुनःप्रभावित

काठमाडौं,१२ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिँदा प्रतिनिधिसभाको बैठक पुनः प्रभावित भएको छ । महाधिवेशन नसकिएकै कारण बैठक दोस्रोपटक स्थगित

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक