डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर आउँछन् र आफ्ना उम्मेदवारहरूको नाम र फोटो हेर्दै कम्प्युटरको माउसले ’क्लिक’ गरेर आफ्नो नेता छान्छन्।

यो कुनै राष्ट्रिय चुनावको दृष्य होइन, झापाको दमक–६ मा रहेको ग्लोबल एजुकेशनल एकेडेमीका विद्यार्थीहरूले डिजिटल मतदान गरिरहेको रोचक दृश्य हो। परम्परागत कागजको मतपत्र छोडेर प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरू डिजिटल निर्वाचन प्रक्रियामा उत्साहका साथ सहभागी भइरहेका छन्। विगतका वर्षहरूमा पनि चुनावमार्फत नै टोली नेता (हाउस लिडर) छान्ने गरिएको यस विद्यालयमा यसपटक भने प्रविधिको उच्चतम प्रयोग गरिएको हो। डिजिटल प्रणालीबाट मतदान गर्न पाउँदा विद्यार्थीहरू निकै उत्साहित देखिएका छन्।

विद्यालयले आफ्ना विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी प्रयोगात्मक रूपमै प्रविधिमैत्री बनाउन यो प्रणाली विकास गरेको दाबी गरेको छ। पढाइ, सिकाइ र अभ्यास—सबै क्षेत्रमा प्रविधिलाई जोड्ने प्रयास अनुरूप नै यो डिजिटल भोटिङ गरिएको निर्वाचन समितिका संयोजक शंखर राज गौतम बताउनुहुन्छ।

यस डिजिटल निर्वाचनमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले पालैपालो सहभागी भई आफ्ना टोली नेता चयन गरे। विद्यालय र विद्यार्थी दुवैका लागि यो नौलो र फरक अनुभूति गराउने अभ्यास बनेको छ।
नेपालको राष्ट्रिय निर्वाचन प्रणालीलाई नै डिजिटल बनाउने बहस र परिकल्पना भइरहेका बेला, विद्यालय स्तरमा गरिएका यस्ता ससाना डिजिटल अभ्यासले सकरात्मक सन्देश समेत दिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८