भेनेजुएलामा शक्तिशाली भूकम्प

९२० जनाको मृत्यु, ३ हजारभन्दा बढी घाइते

एजेन्सी,१३ असार । भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या बढिरहेको छ । भूकम्पपछि त्यहाँ २० भन्दा बढी पराकम्प रेकर्ड गरिएको भेनेजुएला फाउन्डेसन फर सिस्मोलोजिकल रिसर्चले जनाएको छ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजका अनुसार मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने अन्य ३,३६० जना घाइते छन।

 

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प एक मिनेटभन्दा कम समयको अन्तरमा आएका थिए।भूकम्पबाट बचेकी मिकाएला ओभेलारले त्यो डरलाग्दो क्षणलाई कुनै भयावह फिल्मको दृश्यजस्तै भएको बताउनु भयो। ‘साँझ करिब ६ बजेको समय थियो। सार्वजनिक बिदा भएकाले धेरै परिवार घरमै थिए। त्यही बेला मैले पहिलो ७.२ म्याग्निच्युडको भूकम्प महसुस गरेँ। त्यसलगत्तै एक मिनेटभन्दा कम समयमै दोस्रो, अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प आयो। जमिन हल्लिनै छाडेन। गाडीहरूको अलार्म बजिरहेको थियो, सडक भत्किएको आवाज सुनिन्थ्यो। मानिसहरू ज्यान जोगाउन यताउता दौडिरहेका थिए। रुखहरू जोडले हल्लिरहेका थिए। त्यो दृश्य कुनै भयावह चलचित्रभन्दा कम थिएन। सबैजना त्रसित र आतंकित थिए।’

 

ओभेलारका अनुसार प्रभावित क्षेत्रमा अहिले खाद्यान्न आपूर्तिमा समस्या भएको छ। साथै, विद्युत्, खानेपानी र इन्टरनेट सेवासमेत गम्भीर रूपमा प्रभावित भएका छन्। राजधानी नजिक रहेको भेनेजुएलाको सबैभन्दा ठूलो विमानस्थल माइकेटिया सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि भूकम्पबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। विमानस्थल हाल बन्द रहेको छ र सबै व्यावसायिक उडानहरू रद्द गरिएको छन्।

 

भुकम्पमा परी अझै १७२ जना भग्नावशेषमुनि फसेका छन् भने ३,००७ जना विस्थापित भएका छन्। भूकम्पका कारण ३८३ वटा भवनमा क्षति पुगेको छ, जसमा १३ वटा अस्पताल र २५ वटा व्यापारिक केन्द्र पनि समावेश छन्। साथै, अन्य १,००२ वटा संरचनामा विभिन्न स्तरको क्षति पुगेको उहाँले बताउनु भयो। शुक्रबार दिउँसोसम्म ८७१ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी राहत तथा उद्धार कार्यमा सहयोग गर्न भेनेजुएला पुगेका छन्।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार देशको सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक ला ग्वाइरा राज्यलाई उद्धार कार्यलाई सहज बनाउन तथा सुरक्षा सुनिश्चित गर्न सैनिक नियन्त्रणमा राखिएको घोषणा गर्नु भएको छ्। (सीसीटीभीप्लस)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप

वर्तमान सरकारको नीति जनविरोधी र श्रमिकमारा छः कुलमान घिसिङ

रामेछाप,१३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाउनु भएको छ । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी