राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको छ । काठमाडौं जिल्ला अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन तोकिएकै मितिमा हुने र त्यो परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमै गर्ने भएका छौं । महाधिवेशनमा जान कुनै कुराले रोक्दैन । मिति परिवर्तनको कुनै सम्भावना छैन । महाधिवेशनको पूर्व तयारीका क्रममा गर्नुपर्ने स्थानीय तहको अधिवेशनहरुमा सक्रिय रुपले सहभागि हुन सबैलाई आग्रह गर्दछु ।’ उहाँले महाधिवेशनको पूर्वतयारीका क्रममा स्थानीय तहका अधिवेशनहरूमा सक्रिय रूपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको छ।

 

अध्यक्ष लिङ्देनले पार्टी छाडेर जाने नेताहरूको विषयमा धेरै टिप्पणी नगर्ने उल्लेख गर्दै वर्तमान परिस्थितिलाई अस्वाभाविक रूपमा नलिएको बताउनु भएको छ । उहाँले आफू पार्टीका सबै उतारचढावको साक्षी रहेको उल्लेख गर्दै अहिलेको अवस्था संगठनका लागि चुनौतीपूर्ण भए पनि त्यसबाट विचलित नहुने धारणा व्यक्त गर्नु भएको छ ।

 

उहाँले भन्नु भएको छ, ‘पार्टी छाडेर जानेहरूको बारेमा धेरै टिप्पणी गर्दिनँ । पार्टीका सबै उतारचढावमा म सामेल छु । अहिले म जहाँ छु, यो जीवनलाई अतिरिक्त जीवन भन्छु। यो नाफाको जीवन हो। म कालको मुखबाट फर्किएर आएको मान्छे हुँ । त्यसकारण संगठनमा आएको अहिलेको परिस्थितिलाई अत्तिनुपर्ने वा अप्ठ्यारो रूपमा लिनुपर्ने ठानेकै छैन । इतिहासमा युद्धका नियममा अथवा राजनीतिमा लडाइँबाट भाग्नेहरू जितेका वा लुक्नेलाई कसैले पनि बहादुर भनेको इतिहास छैन । अहिले राप्रपालाई अप्ठ्यारो परेकै बेला यसलाई कमजोर मात्र होइन, समाप्त नै पार्न विगतमा झैँ देशी–विदेशी शक्तिहरूको घेराबन्दी नभएको होइन। अहिले चारैतिरबाट यो एउटा राष्ट्रवादी शक्तिलाई कसरी समाप्त गर्ने भनेर घेराबन्दी भइरहेको बेला लुक्ने र मैदान छोड्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन।’ लिङ्देनले राप्रपालाई कमजोर बनाउने तथा समाप्त पार्ने उद्देश्यसहित विभिन्न शक्तिहरूले घेराबन्दी गरिरहेको आरोप लगाए । यस्तो अवस्थामा पार्टी छाड्ने वा राजनीतिक मैदानबाट पछि हट्नेप्रति आफूले कुनै टिप्पणी नगर्ने उहाँको भनाइ थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो