सुकुम्बासी व्यवस्थापनमा सरकार अमानवीय र क्रुर बन्योः ऐन महर

काठमाडौं,१४ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारलाई ‘जनतामारा र गरिबमारा सरकार को संज्ञा दिनु भएको छ। उहाँले सरकारले गरिबी न्यूनीकरण गर्ने भन्दा गरिबलाई नै विस्थापित गरेर समस्या समाधान गर्न खोजेको आरोप लगाउनु भएको छ । महरले विशेषगरी सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अपनाएको नीति अमानवीय, क्रुर र वर्गीय दृष्टिकोणबाट प्रेरित रहेको टिप्पणी गर्नु भएको छ । उहाँले सरकारले सहरी सभ्यताका अवरोधक गरिब नागरिक नै हुन् भन्ने गलत सोचका आधारमा नीति बनाएको आरोप लगाउँदै भन्नु भयो, यो सरकार समग्रमा जनतामारा र गरिबमारा सरकार हो । यसले सहरी सभ्यताका अवरोधक गरिबहरू हुन् भन्ने बुझ्यो, जुन वर्गीय दृष्टिकोणले आफैंमा अत्यन्तै डरलाग्दो कुरा हो ।

 

महरका अनुसार सुकुम्बासीको सवालमा सरकारले देखाएको व्यवहारको कुनै सीमा र मापन नभएको भन्दै उहाँले सरकार गरिबहरूको नभई उनीहरूलाई विस्थापित गर्ने उद्देश्यमा केन्द्रित भएको बताउनु भएको छ । उहाँले सुकुम्बासीका सन्दर्भमा सरकार यति अमानवीय र क्रुर बन्यो कि त्यसको कुनै सीमा र मापन नै छैन । यसबाट स्पष्ट हुन्छ, यो सरकार जनता वा गरिबहरूको सरकार होइन । उसले गरिबी निवारण होइन, गरिबलाई नै हटाएर समस्या समाधान गर्न खोज्यो । १५ हजार रुपैयाँ दिएर पन्छाउने जस्ता नीति गलत छन्, उहाँले भन्नु भयो।

 

यतिबेला होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई त्यहाँबाट समेत हट्न भनिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । पटक पटक स्थान छोड्न दबाब दिइँदा आफूहरू मानसिक तनावमा परेको उनीहरूको गुनासो छ । पुनःस्थापना नगरे पुरानै स्थानमा फर्केर छाप्रो हालेर बस्ने चेतावनी समेत उनीहरूले सरकारलाई दिएका छन् । यस विषयमा एमाले उनीहरूको साथमा रहेको स्पष्ट पार्दै महरले सुकुम्बासीको समस्या आवासको मात्र नभई सम्मान, जीविकोपार्जन र मौलिक अधिकारसँग जोडिएको विषय भएको बताउनु भएको छ ।

 

यहाँ एउटा मानिसको स्वाभिमान, आत्मसम्मान र रोजीरोटीको कुरा छ । एक ठाउँमा बसोबास गरिसकेपछि उनीहरूले आफ्नै ढंगले व्यापार, व्यवसाय र पेसा गरिरहेका थिए । आज ती सबै कुरा छुटेका छन् । अपराधी र कैदीलाई जस्तै मनोमानी ढंगले समातेर आफूलाई मन लागेको ठाउँमा लगेर छोडिएको छ, अहिले त्यो ठाउँ पनि छोड्न आदेश दिइँदैछ, उहाँले भन्नु भयो। सरकारले नागरिकप्रति देखाएको यस्तो व्यवहार आपत्तिजनक, निन्दनीय र घोर भत्र्सनायोग्य रहेको उहाँको भनाइ छ ।

 

सरकारले जुन प्रकारको अमानवीय र क्रुर व्यवहार गरिरहेको छ, यो आपत्तिजनक, निन्दनीय र घोर भत्र्सनायोग्य छ । आज जो आम नागरिकहरू पीडा भोगिरहेका छन्, हामी उनीहरूको पक्षमा छौं । उनीहरूको पुनःस्थापना, स्वाभिमान र संवैधानिक अधिकार स्थापना गर्नका लागि एउटा नागरिकका हिसाबले हाम्रो पूर्ण साथ र सहयोग रहनेछ, महरले बताउनु भयो।

 

सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा अवलम्बन गरेको नीतिप्रति प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर विरोध जनाउँदै आएको छ । पछिल्लो समय होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत अन्यत्र जान भनिएपछि उनीहरूको आन्दोलन थप चर्किएको छ भने पुन स्थापना र स्थायी व्यवस्थापनको मागलाई लिएर सरकारमाथि दबाब बढ्दै गएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी