श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी ३० वर्षीया पत्नी पूजा देवी लामो समयदेखि दुर्लभ रक्तसम्बन्धी रोग आईटीपी (इडियोप्याथिक थ्रोम्बो साइटो पेनिक पर्पुरा) बाट पीडित रहनु भएको छ। विगत केही वर्षदेखि उक्त रोगसँग संघर्ष गरिरहनु भएकी पूजा देवीको उपचारका लागि परिवारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको भए पनि अपेक्षित सुधार हुन नसकेको उहाँका पति ईनरदेव सहनीले बताउनु भएको छ।

 

सहनीका अनुसार उपचारका क्रममा नेपालस्थित वीरगञ्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल, काठमाडौंको सिभिल अस्पताल तथा नेपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थामा उपचार गराइएको थियो। त्यसैगरी भारतको पटना स्थित पीएमसीएच, इन्दिरा गान्धी अस्पताल, मुजफ्फरपुरको प्रशान्त मेमोरियल अस्पताल, चण्डीगढ तथा नयाँदिल्लीस्थित एम्स अस्पतालमा समेत उपचार गराइएको उहाँले जानकारी दिनु भयो। पत्नीको जीवन बचाउन आफूले भएको सम्पूर्ण सम्पत्ति खर्च गरिसकेको सहनी बताउँनु हुन्छ्। “उपचारका लागि हामीसँग भएको करिब १५ कठ्ठा जग्गा बेचिसकेका छौं। घरपालुवा पशुचौपाया पनि बेचेर उपचारमा खर्च गर्यौं। अहिले बसोबास गर्ने घरबाहेक अरू कुनै सम्पत्ति बाँकी छैन,” उहाँले भावुक हुँदै भन्नु भयो।

 

उहाँका अनुसार अहिलेसम्म विभिन्न अस्पतालमा उपचार गराउँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तर रोग पूर्ण रूपमा निको नभएकाले थप उपचार आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले पूजा देवीको स्वास्थ्य अवस्था सुधार गर्न बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने सुझाव दिएका छन्। उक्त उपचारका लागि करिब ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर बनेपछि परिवारले उपचार खर्च जुटाउन सर्वसाधारण, समाजसेवी, संघसंस्था तथा सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ। “हामीले सक्दो प्रयास गरिसक्यौं। अब थप उपचारका लागि आवश्यक रकम जुटाउन असम्भव जस्तै भएको छ। श्रीमतीको जीवन बचाउन सबैसँग सहयोगको याचना गर्दछु,” सहनीले भन्नु भयो।

 

आईटीपी एक दुर्लभ रोग हो, जसमा शरीरमा प्लेटलेट्सको मात्रा अत्यधिक घट्ने गर्दछ। चिकित्सकहरूका अनुसार यो रोग लाखौं मानिस मध्ये थोरैलाई मात्र देखिने गर्दछ र समयमै उपचार नभए ज्यानसमेत जोखिममा पर्न सक्छ।
आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूका लागि ईनरदेव सहनीले आफ्नो ई–सेवा क्यूआर कोड सार्वजनिक गर्नु भएको छ्। साथै थप जानकारी तथा सहयोगका लागि ९८४५१३५७९२ र ९८२५२९१७६१ नम्बरमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।
स्थानीयवासी तथा विभिन्न सामाजिक संघसंस्थाले समेत पूजा देवीको उपचारका लागि सहयोग जुटाउन पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। कठिन परिस्थितिमा रहेको सहनी परिवारले मानवताका आधारमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी