बिर्तामोड,१५ असार । बिर्तामोडस्थित कन्काई हस्पिटलले २१औँ वर्षमा प्रवेश गरेको अवसरमा आज असार १५ देखि एक सातासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको छ।
उपचार र विभिन्न परीक्षण सेवामा १० प्रतिशत विशेष छुट पनि पाइने भएको छ। अस्पतालले अब सिटी स्क्यान सेवा र आधुनिक लिफ्ट समेत छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ।
भविष्यमा बुट्टावारीमा २०० शय्याको अत्याधुनिक अस्पताल निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ।









