किसानलाई राहत

साउनभित्र रासायनिक मल ल्याउने मन्त्रालयको तयारी

काठमाडौं,१७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी गरेको छ । किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौता अन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने सम्भावना देखिन्छ ।

 

भारतसँग जिटूजि मार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ । त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ । ओमनमा लोडिगको प्रक्रियामा रहेकोे ३० हजार मेट्रिक टन यूरिया मल असार अन्तिमसम्म कलकत्ता आइपुग्ने र साउनको दोस्रो सातामा नेपाल भित्रिने छ ।

 

त्यसैगरी ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार भई भिसाखापटनम पोर्टमा पुगी सकेको र असार २० गते सम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ । साथसाथै ३० हजार मेट्रिक टन यूरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दगाह हुँदै साउन अन्तिमसम्ममा नेपाल आइपुग्ने छ । मन्त्रालयले मध्यपूर्वमा जारी द्वान्दका कारणले अन्तराष्ट्रिय बजारमा मलको उपलब्धता घटेपनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागि परेको छ । चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमआरपी अनिबार्य,वसायीहरू अन्योलमा

काठमाडौं,१७ असार । सरकारले बजारमा बिक्री हुने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्ने व्यवस्था कार्यान्वयन गर्न थालेपछि व्यवसायीहरू गम्भीर अन्योलमा परेको राष्ट्रिय

केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित

काठमाडौं,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशन मार्फत नेपाली राजनीतिमा नयाँ र ऐतिहासिक मानक स्थापित गरेको छ । पार्टीको नयाँ

बुधबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं,१७ असार । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर २

इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौं,१७ असार । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोलले पराजित गरेको छ । बुधबार भएको खेलमा इक्वेडरलाई २–० गोलले पराजित गर्दै मेक्सिको

साउनभित्र रासायनिक मल ल्याउने मन्त्रालयको तयारी

काठमाडौं,१७ असार । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी गरेको छ

दमकमा तीनपाङ्ग्रे सवारीको चाप अत्याधीक , क्षमता भन्दा चार गुणा बढी सञ्चालन

यदि अवैध सवारी नियन्त्रण, अन्तरपालिकाबाट अनियन्त्रित रूपमा हुने सञ्चालन रोक्ने, लाइसेन्सविहीन चालकलाई सडकबाट हटाउने र प्रभावकारी ट्राफिक व्यवस्थापन तत्काल लागू गर्न सकिएन भने दमकका सडकमा गुडिरहेका हजारौं तीनपाङ्ग्रे सवारी भोलिका दिनमा सार्वजनिक यातायातको माध्यमभन्दा बढी दुर्घटनाको पासो बन्ने जोखिम अझ बढ्नेछ।