प्रस्तावित चर्को ट्राफिक जरिवानाविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज

काठमाडौं,१९ असार । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको बैठकमा नेपालमा पैदलयात्री र सवारी चालकसम्मलाई पाँच सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी कानुन ल्याउने तयारीविरुद्ध आवाज उठेको हो ।दुर्घटना न्यूनीकरण साथै नेपालको वर्तमान टे«ड युनियनको अवस्थाबारे स्टेयरिङ समिति सदस्य तथा नेपाल यातायात मजदुर संघका विदेश विभाग प्रमुख तथा प्रमुख सल्लाहकार अजय कुमार राईले नेपालमा अत्यधिक बढि रहेको सडक दुर्घटना र जरिवानाका सम्बन्धमा कुरा उठाउनु भएको हो ।

 

बैठकमा राईले नेपाल प्रहरीको तथ्यांकलाई आधार मान्दै प्रतिदिन सात जनाको मृत्यु र ६६ दुर्घटना हुने गरेको जानकारी दिंदै दुर्घटनाको सबै दोष चालकलाई लगाउने प्रवृत्ति रहेको पनि जानकारी गराउनु भएको छ । सो अवसरमा नेपालका सडकहरु सुरक्षित राख्नुपर्ने, चालकहरुलाई कानुन बमोजिमको काम गर्ने समयावधि लागु हुनुपर्ने, उनीहरुको रोजगारीको निश्चितता हुनुपर्ने , सामाजिक सुरक्षा लागु हुनुपर्ने, पेशालाई मर्यादित र सम्मानित तवरले हेरिनुपर्ने , लामो दुरीमा विश्रामस्थलको व्यवस्था हुनुपर्ने लगायतका विषयहरु उठाउनु भएको थियो । उहाँले बिना अध्ययन चालकको कारणले दुर्घटना हुन्छ भन्नु न्यायसंगत नहुने कुरामा जोड दिनु भयो । बैठकमा नेपाल सरकारले ट्राफिक उल्लंघनको नाममा हाल अत्यधिक जरिवाना गर्ने कानुन बनाउने भन्दै प्रक्रिया अगाडि बढाएकोबारे असन्तुष्टि व्यक्त गर्नु भएको छ।

 

सरोकारवालाहरुसँग संवाद विना नै कानुन ल्याउन लागेको हो भने त्यो न्यायसंगत नहुने उहाँको तर्क थियो । राईले पहिले पूर्वाधार तयार पार्न, सडक सुरक्षाको ग्यारेन्टी गर्न साथै चालकहरुको सेवा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । बैठकमा राईले यातायात मजदुर संघले देशव्यापी रुपमा प्रस्तावित चर्को जरिवानाको विरोधमा अभियान समेत संचालन गरिररहेको जानकारी गराउनु भएको छ । जरिवानाको प्रस्ताव यथाशिघ्र खारेज गर्दै ट्राफिक व्यवसापनका लागि सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठकले पनि गम्भीर रुपमा लिनुपर्नेमा जोड दिनु भएको छ । त्यस्तै, निजामति क्षेत्रमा अध्यादेश मार्फत गरिएको युनियन खारेजको विषय अन्र्तराष्ट्रियकरण भइसकेको र सरकारले श्रमिक कर्मचारीहरुको संविधानमा भएको मौलिक हक अधिकार खोस्नु भन्दा संवादद्धारा समस्याको समाधान गर्नुपर्नेमा जोड दिनु भएको छ ।

 

त्यस्तै, सार्वजनिक क्षेत्रका संस्थाहरुमा पनि तालुकदार मन्त्रालयबाट युनियन कार्यालय बन्द गर्नु भनेर परिपत्र गरेर आंतक सिर्जना गरेको गरिरहेको पनि जानकारी गराउनु भयो ।
बैठकमा सेवानिवृत्त निर्देशक नोअल कर्डलाई विदाई एवम नवनियुक्त निर्देशक सिन सेयरलाई स्वागत पनि गरिएको थियो । बैठकले गरेका निर्णयहरु कार्यान्वयनमा लैजान फेडेरेशनका महासचिव स्टिफन कटनले सडक यातायात समितिलाई निर्देशन दिनु भएको छ । सन् १८९६ मा स्थापित यातायात क्षेत्रको विश्वस्तरको फेडेरेशनको मुख्यालय लण्डनमा रहेको छ भने फेडेरेशनमा करिब दुई करोड सदस्य रहि विश्वभरका १४९ देशका पानीजहाज, रेल, रोड, हवाई यातायात, बन्दरगाह, पर्यटन लगायत क्षेत्रका ६७७ युनियनहरु आबद्ध रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हेटौँडामा हतियार प्रहार गरी घाइते बनाउने अभियुक्त पक्राउ

मकवानपुर,१९ असार । हेटौँडामा एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ

प्रस्तावित चर्को ट्राफिक जरिवानाविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमा आवाज

काठमाडौं,१९ असार । नेपाल सरकारले ट्राफिक नियम कठोर बनाउने तयारीविरुद्ध विश्वस्तरमा आवाज उठेको छ । इन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, लण्डनको विश्व सडक यातायात स्टेरिङ समितिको

विद्युत् सर्ट हुँदा झापामा एउटा घर पूर्ण रूपमा जलेर नष्ट, कति भयो क्षति ?

दमक,१९ असार । झापाको मेचीनगर नगरपालिका–१४, दुवागढीमा विद्युत् सर्टका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार

मन्त्री केन्द्रित बजेटप्रति सत्ता पक्षकै सांसद असन्तुष्ट

विराटनगर,१९ असार । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि

साम्पाङद्वारा दार्चुलामा ८५ दिनमै बनेको झोलुङ्गे पुल उद्घाटन

काठमाडौं,१९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किनु भएको छ ।

सुनको मूल्यमा वृद्धि ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं ,१९ असार।नेपाली बजारमा आज सुनको मूल्य ६ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २